सोमबार, श्रावण ११,२०८३ 10:34:35
Bizshala
  • सोमबार, श्रावण ११,२०८३ 10:34:35
Bizshala
Global IME Bank Limited

चर्चित प्राविधिक विश्लेषक भन्छन्- 'रिलायन्स प्रकरणमा सेबोनले बजारको निश्पक्षतालाई बली चढायो, लगानीकर्तालाई सुरक्षा दिएन'

चर्चित प्राविधिक विश्लेषक भन्छन्- 'रिलायन्स प्रकरणमा सेबोनले बजारको निश्पक्षतालाई बली चढायो, लगानीकर्तालाई सुरक्षा दिएन'
New Office

काठमाण्डौ । सेयर बजारका चर्चित प्राविधिक विश्लेषक तथा चार्टर्ड फाइनान्सियल एनालिस्ट(CFA) विष्णुप्रसाद बस्यालले नेपाल धितोपत्र बोर्डले रिलायन्सको आईपीओ पुरानै विवरणका आधारमा तय मूल्यमा निश्कासन गर्न दिएर बजारको निश्पक्षतालाई बली चढाएको टिप्पणी गरेका छन् ।  

सेयर बजारमा निकै धेरैले फलो गर्ने प्राविधिक विश्लेषकको रुपमा चिनिएका बस्यालले आफ्नो धारणा सार्वजनिक गर्दै कम्पनीको नाम उल्लेख नगरी नियामकले लगानीकर्तालाई सुरक्षा दिन नसकेको भन्दै भूमिकामाथि पनि प्रश्न उठाएका छन् । 

'धितोपत्र बोर्ड(SEBON)ले गलत मूल्याङ्कनमा आधारित क्ष्एइ लाई स्वीकृति दिएर आफ्नो अस्तित्व र विश्वसनीयतामाथि नै प्रश्नचिन्ह खडा गरेको छ।' उनले भनेका छन्-'यो निर्णय कुनै एउटा कम्पनीको मात्र नभई सम्पूर्ण पूँजी बजारको भविष्यसँग जोडिएको छ। जब नियामक निकायले नै लगानीकर्तालाई सुरक्षा दिन सक्दैन भने त्यसको औचित्य के ?'

यो घटनाबाट सेबोनले लगानीकर्ताको हितलाई प्राथमिकतामा नराखेको पुष्टि हुने समेत उनले जिकिर गरेका छन् । सेबोनकै गलत निर्णय र भूमिकाका कारण गलत नजिर स्थापिति भएको र भविष्यमा अरु कम्पनीलाई पनि यस्तै गर्न प्रोत्साहन हुनसक्ने विश्लेषण गरेका छन् ।  

'यस घटनाबाट स्पष्ट हुन्छः सेबोनले लगानीकर्ताको हितलाई प्राथमिकतामा राखेन। यसले कानुनी जटिलतामा बजारको निष्पक्षतालाई बलि चढाएको छ।' उनले अगाडि भनेका छन्-'गलत नजिर स्थापित भएको छ, जसले भविष्यमा अरू कम्पनीलाई पनि यस्तै गर्न प्रोत्साहन दिन सक्छ।'

रिलायन्सलाई धितोपत्र बोर्डले केही सञ्चालकहरुको विरोधका बाबजुद अदालतको आदेशको अपव्याख्या गर्दै २ वर्षअघिको वित्तीय विवरणका आधारमा तोकिएको कटअफ मूल्यमै आईपीओ निश्कासन गर्न दिएपछि यो विषय अहिले चरम विवादमा छ ।  

बोर्डको यो निर्णयविरुद्ध लगानीकर्ताहरुले आन्दोलन घोषणा गरेका छन् भने प्रधानमन्त्री कार्यालयदेखि अर्थमन्त्रालय हुँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्म यो प्रकरणमा नीतिगत भ्रष्टाचार भएको दाबीसहित उजुरीहरु पेश भएका छन् । सर्वत्र विरोध भएपछि सेबोन अध्यक्ष सन्तोषनारायण श्रेष्ठले भने अदालतको हवाला दिएर निश्कासन प्रक्रियालाई तत्काल अगाडि बढाउन भनेपछि योजना बनाएरै भोलि(मंसिर २२ गते)देखि वैदेशिक रोजगारीमा रहेका नेपालीलाई रिलायन्सले आईपीओ निश्कासन गर्ने मिति तोकिसकेको छ । सर्वसाधारणका लागि आईपीओको कटअफ मूल्य ८२० रुपैयाँ हाराहारी तोकिएको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.