आईतवार, माघ १८,२०८२ 09:24:50
Bizshala
  • आईतवार, माघ १८,२०८२ 09:24:50
Bizshala
Global IME Bank Limited
Bizshala

रिलायन्सको आईपीओ रोक्ने र भ्रष्टाचारमुक्त सेबोन बनाउने ठोस प्रतिबद्धता नआएसम्म खुमलटार नछाड्ने जेनजी लगानीकर्ताको अडान

रिलायन्सको आईपीओ रोक्ने र भ्रष्टाचारमुक्त सेबोन बनाउने ठोस प्रतिबद्धता नआएसम्म खुमलटार नछाड्ने जेनजी लगानीकर्ताको अडान
Shivam Cement

काठमाण्डौ । रिलायन्स स्पिनिङ मिल्सको आईपीओ निश्कासन प्रक्रिया तत्काल रोक्नुपर्ने लगायतका माग राख्दै नेपाल धितोपत्र बोर्ड(सेबोन) पुगेका सेयर बजारका जेनजी लगानीकर्ताहरुले अध्यक्ष छलफलमा नआए अनिश्चितकालीन धर्ना थाल्ने चेतावनी दिएका छन् ।

सेबोन कार्यालय परिसरबाट बिजशालाको सम्पर्कमा आएका जेनजी लगानीकर्ताहरुले आफूहरुले विभिन्न माग राखी छलफल गर्न खोज्दा पटक–पटक सेबोन अध्यक्ष सन्तोषनारायण श्रेष्ठ नआएका र आफूहरुको मागलाई उनले प्राथमिकता नदिएको महसुस भएको उल्लेख गर्दै आज श्रेष्ठ नआएसम्म सेबोन परिसर नछाड्ने दाबी गरेका हुन् । 

Bizshala
Garima Development Bank
New Office

'सेबोनमा सर्वाधिकारप्राप्त नै अध्यक्ष ज्यू हुनुहुन्छ । हामीले राखेका गम्भीर मागहरुको विषयमा ठोस निर्णय नभएसम्म र अध्यक्ष ज्यू नै छलफलका लागि हामीसँग नआउञ्जेलसम्म सेबोन छाड्दैनौं ।' एक जेनजी लगानीकर्ताले बिजशालासँग भने-'हामीले सबै पक्षको उपस्थिति गराएर आज छलफल गराउने र त्यहाँबाट सेबोन शुद्धिकरणको ऐतिहासिक निर्णय गराउने प्रयास गरिरहेका छौं । यसमा सबै पक्षबाट सकारात्मक साथ र सहयोगको आशा राखेका छौं ।'  

जेनजी लगानीकर्ताहरुकै आग्रहपछि सेयर बजारमा सक्रिय केही लगानीकर्ता संघसंगठनका नेता तथा प्रतिनिधिहरु समेत सेबोन पुगिसकेका छन् । केही भने अस्पतालमा रहेको भन्दै त्यहाँ नपुगेका बताइएको छ ।  

जेनजी लगानीकर्ताहरुले लगानीकर्ताका सबै संगठनका प्रतिनिधि, सेबोनका अध्यक्ष श्रेष्ठसहित सबै सञ्चालक, अर्थमन्त्रालयका प्रतिनिधि, पत्रकार लगायत सबै पक्षलाई राखेर धितोपत्र बोर्डका कारण पूँजीबजारमा पटक पटक देखिएको समस्या समाधानका लागि ठोस उपाय निकाल्ने योजना बनाएका छन् । 

Laxmi Sunrise Bank Limited
IME remit
Bizshala

'हामी पुँजीबजारका ७० लाख बढी लगानीकर्ताहरुको भरोसा गर्ने हाम्रो नियामकलाई भ्रष्टाचारमुक्त बनाएरै छाड्छौं । पूँजीबजारलाई शुद्ध बनाएरै छाड्छौं ।' जेनजी लगानीकर्ताहरुले बिजशालासँग भनेका छन्-'यसका लागि कैयन रात अनसन नै बस्न किन नपरोस् । बलिदान नै किन हुन नपरोस् ? भ्रष्ट कसैलाई छाड्दैनौं । हाम्रो पूँजीबजारलाई पारदर्शी र व्यवस्थित बनाएरै छाड्छौं ।'  

उनीहरुले केही जेनजी भनेर आफ्ना मागहरुलाई बेवास्ता नगर्न समेत चेतावनी दिएका छन् । 'यहाँ रिलायन्सको आईपीओ निश्कासन प्रक्रिया जुन गतिमा अगाडि बढाइयो, यसमा स्पष्ट रुपमा सबै पक्षको मिलेमतो र भ्रष्टाचारको प्रष्ट गन्ध आइसकेको छ । यस्तो गलत काम गर्नेहरुलाई तुरुन्त बर्खास्त गर्नुपर्छ ।' उनीहरुले भनेका छन्- 'आईपीओको नाममा हुने भ्रष्टाचार अन्त्य हुनुपर्छ । जेनजीको बलमा बनेको सरकार भ्रष्टाचावरुद्ध निर्मम देखिएको छ । सेबोनमा भइरहेको खुलेआम भ्रष्टाचारको विषयमा छानबिन गर्न र कारबाही गर्न त्यही सरकारमा रहेका अर्थमन्त्रीले खुट्टा कमाउनुभएको छ । यो कमजोरी त्यहाँ पनि तुरुन्त सच्याइयोस् ।'  

यसैबीच, जेनजी लगानीकर्ताहरुले सेबोन नछाडेपछि मूलगेट बाहिर प्रहरीको संख्या केहीबेरअघि थपिएको छ । अहिले ठूलो संख्याका सुरक्षाकर्मीले सेबोन परिसरमा पहरा दिइरहेका छन् ।

Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.