बिहीबार, आश्विन २९,२०८३ 10:58:11
Bizshala
  • बिहीबार, आश्विन २९,२०८३ 10:58:11
Bizshala
Global IME Bank Limited

राति नै मन्त्रालय पुगेर राजीनामा बुझाए सन्तोषनारायणले

Bizshala
राति नै मन्त्रालय पुगेर राजीनामा बुझाए सन्तोषनारायणले
New Office

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड-सेबोन)का अध्यक्ष सन्तोषनारायण श्रेष्ठले शुक्रबार राति नै अर्थमन्त्रालयमा पुगेर राजीनामा बुझाएका छन् ।  

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको निजी सचिवालयका अनुसार केहीबेरअघि अध्यक्ष श्रेष्ठ अर्थमन्त्रालय पुगेका थिए । त्यहाँ पुगेर उनले अर्थमन्त्री समक्ष आफ्नो राजीनामा पत्र बुझाएर मन्त्रालयबाट बाहिरिएका हुन् । 

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

'धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठ मन्त्रालयमा राजीनामा पत्र बुझाएर बाहिरिनुभएको छ ।' अर्थमन्त्रीको सचिवालयले भन्यो-'उहाँ भर्खरै मन्त्रालय आइुपुग्नु भएको थियो।'

राजीनामा पत्र बोकेर मन्त्रालय पुगेका श्रेष्ठले आफूले स्वइच्छाले राजीनामा दिएको बताए ।  

सरकारलाई सहयोग गर्न आफूले राजीखुसीले मार्ग प्रशस्त गरेको श्रेष्ठको भनाई छ। श्रेष्ठ २०८१ मंसिर १० गते धितोपत्र बोर्डको अध्यक्ष नियुक्त भएका थिए।

मन्त्रालयमा गएर अर्थमन्त्रीको सचिवालयमा त्यसो भने पनि उनलाई सरकारले बर्खास्त गर्न लागेका थियो । 

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

त्यसअघि सेबोन अध्यक्ष श्रेष्ठले शुक्रबार साँझ सञ्चालक समितिको बैठक राखेका थिए । सो बैठकमा उनले आफूले राजीनामा दिन लागेको जानकारी गराएका थिए । उनले त्यहाँ शनिवार अर्थमन्त्रालयमा पुगेर राजीनामा दिने बताएका भए पनि शुक्रबार राति नै मन्त्रालय पुगेका हुन् ।  

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.