बिहीबार, पुष ३,२०८२ 07:15:57
Bizshala
  • बिहीबार, पुष ३,२०८२ 07:15:58
Bizshala
Global IME Bank Limited
Bizshala

रिलायन्सको आईपीओमा सेबोनको भूमिकाप्रति गम्भीर प्रश्न उठाउँदै परेका उजुरीहरुमा के-के छ ?

Hyundai Nepal
रिलायन्सको आईपीओमा सेबोनको भूमिकाप्रति गम्भीर प्रश्न उठाउँदै परेका उजुरीहरुमा के-के छ ?
Shivam Cement

काठमाण्डौ । रिलायन्स स्पिनिङ मिल्सको विवादास्पद आईपीओको रोकिएको प्रक्रिया पुनः सुरु गर्न धितोपत्र बोर्डबाट भएको शंकास्पद कामको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगदेखि अर्थमन्त्रालयसम्म उजुरीहरु परेका पाइएको छ ।  

त्यसरी विभिन्न निकायमा धितोपत्र बोर्डको निर्णय प्रक्रियाप्रति गम्भीर प्रश्न उठाउँदै तथा अध्यक्ष सन्तोषनारायण श्रेष्ठको व्यक्तिगत प्रतिष्ठामै आँच आउने गरी गम्भीर आरोप लगाउँदै उजुरीहरु परेका पाइएको हो ।

CG Motors
Garima Development Bank
Bizshala

 अख्तियारदेखि अर्थमन्त्रालयसम्म दर्जनौ उजुरीहरु परेका छन् । जहाँ रिलायन्सको रोकिएको आईपीओ पुनः सुरु गराउनका लागि कम्पनीलाई फेभर हुने ग्राउण्ड तयार गर्नका लागि सेबोनले गरेको छानबिन प्रतिवेदन नै अदालती निर्णय प्रक्रियाका क्रममा नपठाइएको दाबी गरिएको छ । धितोपत्र बोर्ड अध्यक्षले नै सेबोनले रिलायन्सको आईपीओको विषयमा गरेको छानबिनको प्रतिवेदन अदालतमा नपठाएकोसम्मको आरोप लगाइएको छ । 

यस्तै, अदालतबाट आदेश आउँदा रिलायन्सको पक्षमा पार्नका लागि सेबोन नेतृत्वबाटै सहयोग भएको अर्को संगीन आरोप पनि लगाइएको छ । 

IME remit
Laxmi Sunrise Bank Limited
IME remit

रिलायन्ससँग गैरकानूनी मोलाहिजा गरेको, आर्थिक प्रभावमा परेर लगानीकर्ताहरुको सम्पत्ति ध्वस्त पार्ने गलत काम गरेको लगायतका विषयहरु पनि उजुरीहरुमा उठाइएको छ ।  

अर्थ मन्त्रालयले मंसिर २९ गतेको राजश्व सचिवस्तरीय निर्णय भन्दै सेबोनमा पुस १ गते एक पत्र पठाई रिलायन्सको आईपीओमा उठेका प्रश्नहरुको विषयमा छानबिन गर्न भनिसकेको छ । सो क्रममा अर्थ मन्त्रालयले पत्रको साथमा नमूना उजुरीको रुपमा दुईवटा उजुरीको फोटोकपी समेत एट्याच गरेको पाइएको छ ।  

त्यसरी परेका दुईवटा उजुरीहरुमा के थियो होला ? 

सुरुमा हेरौं बजारका लगानीकर्ता संघसंगठनले सामूहिक रुपमा गरेको उजुरी :

त्यसपछि हेर्नुस्, अर्थमन्त्री डा. रामेश्वर खनाललाई कुनै लगानीकर्ताले सोझै पठाएको उजुरी:

 

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Mahalaxmi Development Bank
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.