काठमाण्डौ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले बोर्डको नियामकिय भूमिका तथा सुपरिवेक्षण क्षमता बढाउने बताएका छन् । ललितपुरको कुपण्डोलमा रहेको होटल हिमालयमा आज आयोजित बोर्डको ३३ औं वार्षिकोत्सवको अवसरमा बोल्दै उनले यस्तो बताएका हुन् ।
‘धितोपत्र बोर्डको दीर्घकालिन विकास तथा संस्थागत क्षमता वृद्धि गरिनेछ,’ उनले भने ,‘यस वर्ष धितोपत्र बोर्डको आफ्नै भवन खरिद गर्ने प्रक्रिया समेत अघि बढाइनेछ ।’


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।