बिहीबार, बैशाख ३१,२०८३ 09:44:01
Bizshala
  • बिहीबार, बैशाख ३१,२०८३ 09:44:01
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

साताको अन्तिम कारोबार दिन नेप्सेको शानदार प्रदर्शन, 'लगानीकर्तामा आत्मबल बढ्यो, अब बजार अझै माथि जान्छ'

Laxmi Sunrise Bank Limited
साताको अन्तिम कारोबार दिन नेप्सेको शानदार प्रदर्शन, 'लगानीकर्तामा आत्मबल बढ्यो, अब बजार अझै माथि जान्छ'
Shivam Cement

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेञ्च(नेप्से) परिसूचक दोहोरो अंकले बढेको छ ।  

अघिल्लो दिनको सामान्य अंकको करेक्सनपश्चात आज नेप्से परिसूचक १.३३ प्रतिशत अर्थात ३४.२२ अंकले बढेर २ हजार ६००.३८ विन्दुमा पुगेको हो ।

नेपाल इन्भेष्टर्स फोरमका उपाध्यक्ष राजन लम्सालका अनुसार ‘यसअघि विशेषगरी जेनजी आन्दोलनले सेयरबजारलाई प्रत्यक्ष प्रभाव पारेका कारण बजार बढ्न सकेको थिएन । आन्दोलनले नेपालको आर्थिक क्षेत्रलाई समेत बिथोलेको थियो । तर अहिले केही हदसम्म शान्त भइसकेको र नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई पनि सेयर लगानीमा केही खुकुलो नीति ल्याएका कारण लगानीकर्तामा आत्मविश्वास बढ्न थालेको उनको तर्क छ । 

Bizshala
New Office
CG Motors

'अब बजार जति घट्नुपर्ने थियो घटिसक्यो यहाँभन्दा तल आउँदैन । विस्तारै बजार माथि जानेछ ।’ उनले थपे ।  

त्यस्तै, अर्का बजार जानकार नयन बास्तोलाले पनि लगानीकर्ताहरुमा आत्मविश्वास बढ्दा सेयरबजार बढ्न थालेको बताए । उनी भन्छन्, ‘तिहारपछि ४ कारोबार दिनमा तीन दिन सेयरबजार बढ्नुको कारण भनेकै लगानीकर्तामा कन्फिडेन्ट बढ्नु हो । लगानीकर्तामा अब पनि आत्मविश्वास नबढे कहिले बढ्ने त ?'  

उनको विचारमा बजारप्रति आत्मविश्वास बढाउनुपर्ने थुप्रै कारणहरु पनि छन् । राजनीतिक विषयले मात्रै बजारलाई असर पारेको थियो तर अब त्यो पनि केही हदसम्म साम्य भइसकेको बताए ।  

उनका अनुसार  केही सेयर विज्ञहरुले पनि बजारमा भ्रम पैदा गरेका कारण साना लगानीकर्ताहरुको मनोविज्ञानमा नकारात्मक प्रभाव परेको थियो । तर त्यो भ्रम समेत चिरिएपछि बजार अझै माथि जाने सम्भावना रहेको उनको भनाई छ ।  

आज के-के भयो बजारमा ?

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १.२० प्रतिशतले बढेर ४५२.८१ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृतमध्ये ३१९ वटा स्क्रिप्टको २ करोड ६० लाख १० हजार ७१८ कित्ता सेयर ७ अर्ब ५१ करोड ३९ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये एउटाबाहेक अन्य सबैमा हरियाली छायो । आज हाईड्रोपावर समूह सर्वाधिक बढ्यो । यो समूह आज २.६७ प्रतिशतले बढ्यो ।   

Garima Development Bank
Shivam Cement
IME remit

यस्तै आज बैंकिङ समूह ०.३३, विकास बैंक समूह १.२३, फाइनान्स १.६०, होटल ०.७५, लगानी १.३५,जीवन बीमा १.८०, उत्पादन तथा प्रशोधन १.७४, निर्जीवन बीमा १.७५,अन्य १.०६ र व्यापार समूह ०.८८ प्रतिशतले बढ्यो ।  

म्युचुअल फण्ड समूह आज घट्ने एक्लो समूहको रुपमा रह्यो यो समूह आज ०.१८ प्रतिशतले रातो भयो ।  

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन हिमालयन बैंकको प्रोमोटर सेयरको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको प्रोमोटर सेयरको १ अर्ब ६६ करोड बढीको कारोबार भयो । राधी विद्युतको पनि आज ३७ करोड ६० लाख, नेपाल पुनर्बीमाको ३४ करोड १० लाख, साहस उर्जाको २० करोड ६० लाख र बुटवल पावरको २० करोड १४ लाख बढीको सेयर कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका ३ वटा कम्पनीको सेयरमूल्यमा अपर सर्किट लाग्यो । आज गुराँस लघुवित्त, उन्नती सहकार्य लघुवित्त र सुपर मादी हाईड्रोपावरको सेयरमूल्यमा अपर सर्किट लाग्यो ।  

अन्य सर्वाधिक कमाउने कम्पनीको रुपमा गणपति लघुवित्त, पिपुल्स हाईड्रोपावर र नेपाल माइक्रो इन्स्योरेन्स रहे । यी कम्पनीहरुको सेयरमूल्य क्रमशः९.४६,९.०८ र ८.१६ प्रतिशतले बढ्यो ।  

आशा लघुवित्तका लगानीकर्ताले आज सर्वाधिक गुमाए । यो कम्पनीका लगानीकर्ताको सम्पत्ति आज ४.७६ प्रतिशतले घट्यो।

यसैगरी उपकार लघुवित्तको सेयरमूल्य ३.९६ र हिमालयन पावर पार्टनरको सेयरमूल्य ३.७५ प्रतिशतले घट्यो । 

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.