दोहोरो अंकले बढ्यो नेप्से, आइतबारदेखि भोल्युमसहित बजार उकासिने विश्लेषकको दाबी
काठमाण्डौ । साताको अन्तिम कारोबार दिन सेयरबजारमा दोहोरो अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक १४.२१ अंकले बढेर २९५०.१६ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३४३ कम्पनीको ३ करोड ४ लाख ३८ हजार ३१५ कित्ता सेयर किनबेच हुँदा १३ अर्ब १६ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज १३ उपसूचकमध्ये तीन समूहमा मात्रै रातो पोतिएको छ भने बाँकी सबै समूहमा हरियाली छाएको छ । सर्वाधिक...

