काठमाण्डौ । साताको अन्तिम कारोबार दिन सेयरबजारमा दोहोरो अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक १४.२१ अंकले बढेर २९५०.१६ विन्दुमा कायम भएको छ ।
नेप्सेमा सूचीकृत ३४३ कम्पनीको ३ करोड ४ लाख ३८ हजार ३१५ कित्ता सेयर किनबेच हुँदा १३ अर्ब १६ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।
आज १३ उपसूचकमध्ये तीन समूहमा मात्रै रातो पोतिएको छ भने बाँकी सबै समूहमा हरियाली छाएको छ । सर्वाधिक बढ्ने समूहमा हाइड्रोपावर समूह रहेको छ । यो समूहको १.५६ प्रतिशतले वृद्धि भएको छ ।
त्यस्तै, बैंकिङ समूहको ०.३७ प्रतिशत, फाइनान्स समूहको ०.१७ प्रतिशत, होटल तथा पर्यटन समूहको ०.८१ प्रतिशत, लगानी समूहको ०.५१ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहको १.५० प्रतिशत, माइक्रोफाइनान्स समूहको ०.२० प्रतिशत, निर्जीवन बीमा समूहको ०.४३ प्रतिशत र अन्य समूहको ०.६५ प्रतिशतले बढेको छ ।
आज घट्ने समूहहरुमा विकास बैंक समूहको ०.०५ प्रतिशत, जीवन बीमा समूहको ०.०४ प्रतिशत र व्यापार समूहको २.८४ प्रतिशतले घटेको छ ।
आजको बजारबारे सेयर लगानीकर्ता तथा बजार जानकार विष्णु भुषाल भन्छन्, ‘आज दिनभरि घटेको बजार अन्तिम समयसम्म सम्हालिएको छ । आजको बजारलाई पनि नाफा बुक र सामान्य करेक्सनकै रुपमा लिन सकिन्छ । नयाँ सरकार बन्ने माहोल छ । आज भर्खरै नवनिर्वाचित सांसदहरुले शपथ लिएका छन् । अब बजारको लागि राम्रो माहोल बन्ने देखिन्छ । सम्भवतः अबको एक दुईदिनमा सरकार क्याबिनेट बनिसक्नेछ र लगानीकर्ताहरुले अपेक्षा गरेअनुसारको सरकार बन्नेछ । आज करेक्सन देखिएको बजार आइतबारबाट ठूलो भोल्यमुमा फेरी बढ्नेछ ।’
सर्वाधिक कमाउने कम्पनी
आज सर्वाधिक कमाउने कम्पनीहरुमा सूचीकृत नयाँ कम्पनीहरु छन् । रिलायन्स स्पिनिङ मिल्ससहित ५ कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ ।
रिलायन्स स्पिनिङको सेयरभाउ १० प्रतिशतले बढेर २०१३.१० रुपैयाँ पुगेको छ भने सुपर खुदी हाइड्रोको सेयरभाउ १० प्रतिशतले बढेर ३६३ रुपैयाँ पुगेको छ ।
त्यस्तै, होटल फरेस्ट इनको १० प्रतिशत, सोलु हाइड्रोपावरको ९.९९ प्रतिशत, भुजुङ हाइड्रोपावरको ९.९९ प्रतिशत, नेशनल हाइड्रोपावरको ६.२४ प्रतिशत, रिडि पावरको ६.१९ प्रतिशत, शुभम पावरको ५.८० प्रतिशत, ९.५% मन्जुश्री फाइनान्सको डिबेञ्चरको ५.३३ प्रतिशत र माया खोला हाइड्रोपावरको ४.८४ प्रतिशतले बढेको छ ।
सर्वाधिक गुमाउने कम्पनी
आज सर्वाधिक गुमाउने कम्पनीमा पन्चकन्या माई हाइड्रोपावर रहेको छ । यो कम्पनीको सेयरभाउ .४८ प्रतिशतले घटेर ३९६ रुपैयाँ कायम भएको छ ।
त्यस्तै, सिन्धु विकास बैंकको ३.५८ प्रतिशत, कर्पोरेट डेभलपमेन्ट बैंकको ३.२४ प्रतिशत, विशाल बजार कम्पनीको ३.०४ प्रतिशत, एनआइबीएल ग्रोथ फण्डको २.६० प्रतिशत, एनआइबीएल समृद्धि फण्ड–२ को २.५५ प्रतिशत, सिटिजन्स सन्तुलित योजनाको २.३५ प्रतिशत, सालपा विकास बैंकको २.०९ प्रतिशत, १०.७५% एसबीएल डिबेञ्चरको १.९९ प्रतिशत र एचएलआई लार्ज क्याप फण्डको १.९४ प्रतिशतले घटेको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।