बिहीबार, चैत्र १९,२०८२ 05:09:30
Bizshala
  • बिहीबार, चैत्र १९,२०८२ 05:09:30
Bizshala
Global IME Bank Limited

सेयरबजारमा झिनो अंकको सुधार, कारोबार रकम घट्यो

Hyundai Nepal
सेयरबजारमा झिनो अंकको सुधार, कारोबार रकम घट्यो
Shivam Cement

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन सेयरबजारमा सामान्य अंकको सुधार देखिएको छ । नेप्से परिसूचक ५.८२ अंकले बढेर २७८२.१८ विन्दुमा कायम कायम भएको छ ।  

नेप्सेमा सूचीकृत  ३२८ कम्पनीको २ करोड १३ लाख १८ हजार ९२९ कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ८१ करोड ९७ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ । नेप्सेमा रहेका १३ समूहमध्ये आज ७ समूहमा हरियाली छाएको छ भने ६ समूहमा रातो पोतिएको छ । सर्वाधिक बढ्नेमा व्यापार समूह रहेको छ । यो समूह आज २.५३ प्रतिशतले बढेको छ ।  

त्यस्तै, उत्पादन तथा प्रशोधन समूह१.७६ प्रतिशत, विकास बैंक समूह ०.४८ प्रतिशत, होटल तथा पर्यटन समूह ०.३९ प्रतिशत, हाइड्रोपावर समूह ०.०५ प्रतिशत, लगानी समूह ०.१५ प्रतिशत र म्युचुअल फण्ड समूह ०.१२ प्रतिशतले बढेको छ ।  

आज सर्वााधिक घट्ने समूहमा फााइनान्स समूह रहेको छ । यो समूह ०.८७ प्रतिशतले घटेको छ ।  

त्यस्तै, बैंकिङ समूह ०.११ प्रतिशत, जीवन बीमा समूह ०.१९ प्रतिशत, माइक्रोफाइनान्स समूह ०.२९ प्रतिशत, निर्जीवन बीमा समूह ०.३३ प्रतिशत, र अन्य समूह ०.०२ प्रतिशतले घटेको छ ।  

आजको बजारबारे सेयर लगानीकर्ता तथा प्राविधिक विश्लेषक जय सिं थापा (जय शम्भु) भन्छन्, ‘अहिले बजार घट्नुको मुख्य कारण भनेको सिजनल इफेक्ट पनि हो, यो समयमा पहिलेका वर्षहरुमा पनि मार्केटमा ठूलो उतारचढाव देखिदैनथ्यो । अहिले सरकारको जस्तोसुकै गतिविधि देखिएपनि यो समयमा चैत मसान्तको दबाब र सिजनल वाइज पनि लगानीकर्ताहरु खासै एक्टिभ नहुने समय हो । बजार एकपटक २९ सयको विन्दु पुगेर तल झरिसकेको छ, अब २६ सय विन्दु भन्दा तल जाँदैन । सम्भवतः २९ सय र २६ सयको विन्दुमा नेप्से रुमलिएर बस्ने देखिन्छ । असार साउन महिना टेकेपछि बजार ३० हजारको विन्दु पार गर्ने देखिन्छ । त्यसअगाडी बजारमा करेक्सनकै फेज देख्न सकिन्छ ।’

CG Motors
New Office
Laxmi Sunrise Bank Limited

सर्वाधिक कमाउने कम्पनी  

आज ६ कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । सर्वाधिक कमाउनेमा रिलायन्स स्पिनिङ मिल्सको सेयरभाउ १०% ले बढेर ३ हाजर २४१.९० रुपैयाँ पुगेको छ ।  

त्यस्तै, रिज लाइन इनजीको १० प्रतिशतले बढेर ४८३.१० रुपैयाँ, सूर्यकुण्ड हाइड्रोको १० प्रतिशतले बढेर ४५७.६० रुपैयाँ, भुजुङ्ग हाइड्रोको ९.९९ प्रतिशतले बढेर ७०० रुपैयाँ, सुपर खुदीको ९.९९ प्रतिशलते बढेर ५४८.५० रुपैयाँ र होटल फरेस्ट इनको सेयरभाउ ९.९८ प्रतिशतले बढेर ४२३.१० रुपैयाँ पुगेको छ ।  

यसका साथै सप्तकोशी डेभलपमेन्ट बैंकको ७.४२ प्रतिशत, श्रीनगर एग्रिटेक इन्डस्ट्रिजको ६.७३ प्रतिशत, एनआइबीएल ग्रोथ फण्डको ३.९७ प्रतिशत र एनआइबीएल समृद्धि फण्ड–२ को ३.९० प्रतिशतले बढेको छ ।  

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

सर्वाधिक गुमाउने कम्पनी  

आज सर्वाधिक गुमाउने कम्पनीमा भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी रहेको छ । यो कम्पनीको सेयरभाउ ३.०६ प्रतिशतले घटेर ४७८ रुपैयाँ कायम भएको छ ।  

त्यस्तै, एनएमबि हाइब्रिड फण्ड एल–२ को २.७३ प्रतिशत, क्रेष्ट माइक्रो लाइफको २.६५ प्रतिशत, अभियान लघुवित्तको २.६२ प्रतिशत, ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड–१ को २.४४ प्रतिशत, सेन्ट्रल फाइनान्सको २.४२ प्रतिशत, माउन्टेन हाइड्रो नेपालको २.३६ प्रतिशत, मेगा म्युचुअल फण्ड–१ को २.३५ प्रतिशत, झापा इनर्जीको २.३३ प्रतिशत र नारायणी डेभलपमेन्ट बैंकको २.३३ प्रतिशतले घटेको छ ।  

Global IME Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.