बुधबार, बैशाख १६,२०८३ 12:59:57
Bizshala
  • बुधबार, बैशाख १६,२०८३ 12:59:57
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

बढ्दैछ लगानीकर्ताको ‘भोक’, सूचकसँगै कारोबारमा पनि बढोत्तरी

जानकार भन्छन्, ‘लगानीकर्ताको मनोबल उच्च, बजारले अब गति लिन्छ !’

Bizshala
बढ्दैछ लगानीकर्ताको ‘भोक’, सूचकसँगै कारोबारमा पनि बढोत्तरी
Shivam Cement

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन सेयरबजारमा दोहोरो अंकको बढोत्तरी आएको छ । नेप्से परिसूचक २३.८७ अंकले बढेर २८२०.४४ विन्दुमाथि उक्लिएको छ । सेक्सेटिभ इन्डेक्स समेत आज १.०४ प्रतिशतले बढेको छ ।  

नेप्सेमा सूचीकृत ३३५ कम्पनीको ४ करोड १६ लाख ८६ हजार ४०५ कित्ता सेयर किनबेच हुँदा १४ अर्ब ५५ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।  

आज तीन समूहबाहेकका सबै समूहमा हरियाली छाएको छ । सबैभन्दा बढी बैकिङ समूह बढेको छ । यो समूह २.०२ प्रतिशतले वृद्धि भएको छ ।  

त्यस्तै, विकास बैंक समूह १.२८ प्रतिशत, फाइनान्स समूह १.३० प्रतिशत, हाइड्रो समूह १.१० प्रतिशत, लगानी समूह १.१४ प्रतिशत, जीवन बीमा समूह ०.३६ प्रतिशत, उत्पादन तथा प्रशोधन समूह ०.७३ प्रतिशत, माइक्रोफाइनान्स समूह ०.२७ प्रतिशत र म्युचुअल फण्ड समूह ०.४८ प्रतिशतले बढेको छ ।  

आज तीन समूहमा भने रातो रङ पोतिएको छ । होटल तथा पर्यटन समूह ०.३५ प्रतिशत, निर्जीवन बीमा समूह ०.०४ प्रतिशत र अन्य समूह ०.७४ प्रतिशतले घटेको छ ।  

चुनावपछि सेयर लगानीकर्ताहरुमा मनोबल बढ्न थालेपछि सेयरबजारले लय लिन थालेको बजार जानकार उपेन्द्र पाठकले बताए । ‘चुनावपछि बजार खुल्ने बित्तिकै मार्केटमा तीनपटक पोजेटिभ सर्किट लागेर हल्ट भएको थियो, जसकारण लगानीकर्ताले नाफा बुक गर्दा दुई दिन बजारमा करेक्सन देखिएको थियो’ उनले भने, ‘अब लगानीकर्ताहरुको मनोबल उच्च भइसकेको छ, बजार विस्तारै यसरी घटबढ हुँदै बढ्नेछ ।’

लगानीकर्ताहरुले विशेषगरी अपेक्षा गरेअनुसारको स्थिर सरकार पाउने भएसँगै नीतिहरु पनि स्थिर बन्ने आशाले लगानीकर्ताको आत्मबल उच्च भएको उनले बताए । ‘स्थिर सरकार बनेपछि नीतिहरु पनि स्थिर रहनेछन्, राजनीतिक अस्थिरता विस्तारै हट्दै जानेछन्’ उनले भने, ‘अब रास्वपाको स्थिर सरकार बनेपछि अझै पोलिसीहरु राम्रो आउने अपेक्षा गरिएको छ, लगानीकर्ताहरु उत्साहित छन् विस्तारै बजारमा एक्युमुलेशन हुन्दै बढ्दै जाने देखिन्छ ।’

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

सर्वाधिक कमाउने कम्पनी  

आज सर्वाधिक कमाउने कम्पनीमा सालपा विकास बैंक र रिलायन्स स्पिनिङ मिल्स रहेको छ । यी दुवै कम्पनीको सेयरभाउ आज १० प्रतिशत अर्थात् पोजेटिभ सर्किट लागेको छ । सालपाको सेयरभाउ ९४८ रुपैयाँ ६० पैसा र रिलायन्सको सेयरभाउ ८९३.३० रुपैयाँ पुगेको छ ।  

त्यस्तै, नेशनल हाइड्रोपावरको ९.९७ प्रतिशत, होटल फरेस्ट इनको ९.९३ प्रतिशत, दरमखोला हाइड्रोको ९.४६ प्रतिशत, हिमाल दोलखा हाइड्रोको ७.१४ प्रतिशत, शिवश्री हाइड्रोको ६.६८ प्रतिशत, बलेफी हाइड्रोको ६.४१ प्रतिशत, लिबर्टी इनर्जीको ६.२५ प्रतिशत र दोर्दी खोलाको ६.१४ प्रतिशतले बढेको छ ।  

CG Motors
Garima Development Bank
IME remit

सर्वाधिक गुमाउने कम्पनी  

आज सर्वाधिक गुमाउने स्टकमा कुमारी सबल योजना रहेको छ । यो फण्डको इकाईमूल्य आज ३.७२ प्रतिशतले घटेर ९.५८ रुपैयाँ कायम भएको छ ।  

त्यस्तै, एनआइबीएल ग्रोथ फण्डको ३.५४ प्रतिशत, त्रिशुली जलविद्युत कम्पनीको ३.१४ प्रतिशत, आँखु खोलाको ३.०३ प्रतिशत, कालिका पावरको २.४७ प्रतिशत, सान्भी इनर्जीको २.४५ प्रतिशत, झापा इनर्जीको २.२७ प्रतिशत, कालिन्चोक दर्शनको २.२३ प्रतिशत, एसवाई प्यानलको २.१७ प्रतिशत एनआरएन इन्फ्रास्ट्रक्चरको २.१२ प्रतिशतले घटेको छ ।  

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X