बढ्दैछ लगानीकर्ताको ‘भोक’, सूचकसँगै कारोबारमा पनि बढोत्तरी
काठमाण्डौ । साताको अन्तिम कारोबार दिन सेयरबजारमा दोहोरो अंकको बढोत्तरी आएको छ । नेप्से परिसूचक २३.८७ अंकले बढेर २८२०.४४ विन्दुमाथि उक्लिएको छ । सेक्सेटिभ इन्डेक्स समेत आज १.०४ प्रतिशतले बढेको छ । नेप्सेमा सूचीकृत ३३५ कम्पनीको ४ करोड १६ लाख ८६ हजार ४०५ कित्ता सेयर किनबेच हुँदा १४ अर्ब ५५ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज तीन समूहबाहेकका सबै समूहमा हरियाली छाएको छ...

