शनिबार, फाल्गुन १०,२०८१ 09:54:54
IME remit
  • शनिबार, फाल्गुन १०,२०८१ 09:54:54
IME remit
Global IME Bank Limited

सेयर बजारमा विष्णु पौडेल किन बने ब्राण्ड ? अरु अर्थमन्त्री भए फेरि नेप्से साइडवेजमा चल्छ ?

Hyundai Nepal
सेयर बजारमा विष्णु पौडेल किन बने ब्राण्ड ? अरु अर्थमन्त्री भए फेरि नेप्से साइडवेजमा चल्छ ?
Nabil Bank Limited

काठमाण्डौ । बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापनका लागि केन्द्रीय बैंकले दैनिकजसो बजारबाट पैसा प्रशोचन गरिरहेको छ । बैंकहरुमा पैसा थुप्रिए पनि कर्जा भनेजसरी प्रवाह हुन सकेको छैन । यसले लगानीको माहौल सिर्जना गर्न सकेको छैन ।    

यता, एक महिनामा झण्डै एकलाख पर्यटक भित्रिएका छन् भने यही बेला विदेशी मुद्राको सञ्चिती पनि पर्याप्त छ ।  

बैंकको ब्याजदर निरन्तर घट्दो छ ।  

घट्दो ब्याजदर, अधिक तरलता, अर्थतन्त्रको बाह्य क्षेत्रमा तीव्र सुधार हुँदाहुँदै पनि आर्थिक गतिविधि भने सुस्ताउन छाडेको छैन । निजी क्षेत्रको व्यापार खुम्चिएको छ । देशमा चलेका उद्योगधन्दा ३०–४० प्रतिशत क्षमतामा सञ्चालन हुनुपर्ने सकसबाट गुज्रिरहेका छन् । 

Shivam Cement
CG Motors
Sagarmatha Cement

अर्थतन्त्रको मेरुदण्ड मानिएको रियलस्टेट बजारमा मन्दीको कालोबादल मडारिएको छ भने पूँजीबजार पनि सबै कुरा सकारात्मक हुँदाहुँदै पनि केही साताको बढोत्तरीको अपवादलाई छाड्ने हो भने ३० महिनादेखि घटिरहेको छ ।  

पछिल्लो समय पूँजीबजारमा गृहिणीदेखि विद्यार्थी हुँदै उद्योगी तथा व्यवसायिक कारोबारहरुको समेत सहभागिता बढिरहेको छ । कतिपयले सबै काम छाडेर पूँजीबजारलाई नै घर चलाउने माध्यम बनाएका छन्  ।

तर पूँजीबजारप्रति सरकारले लिने नीति र विशेषगरी अर्थमन्त्रीबाट हुने असहयोगका कारण बजारमा भनेजस्तो रौनक आउन सकेको छैन । जानी नजानी पूँजीबजारमा आउनेहरु समेत पलायन हुने अवस्था छ ।  

विगतमा अर्थमन्त्री र राष्ट्रबैंकको गभर्नरबीच ट्यूनिङ नमिलेको क्षति समेत पूँजीबजारका लगानीकर्ताहरुले व्यहोर्नुपरेको छ ।  

सरसर्ती हेर्दा जनार्दन शर्मा अर्थमन्त्रीको रुपमा आएपछि खस्न थालेको सेयर बजारले डा. उपाधि पाएका अर्थमन्त्री प्रकाशशरण महत आउँदा पनि गति लिन सकेन । डा. महतले अर्थतन्त्रमा आमूल सुधार भएको ओठे रटान लगाइरहे, तर धरातलीय यथार्थ त्योभन्दा भिन्न हुँदा उनलाई लगानीकर्ताले पत्याएनन् । अझ उनको गभर्नर महाप्रसाद अधिकारीसँग कहिल्यै मन मिलेन । नीतिहरुमा सहकार्य भएन । एकअर्कालाई असहयोगकै नीतिमा रमाएपछि त्यसको क्षति समेत लगानीकर्ताले नै भोग्नुपर्यो ।  

यसअघि करिब १४ महिना नेपाली काँग्रेस र माओबादीको सरकार रहेता पनि पुँजीबजारमा भने विष्णुप्रसाद पौडेलको चर्चा राम्रै स्ुनियो । बजार घटेर १८ सयको विन्दुमा आउँदा पनि ब्रोकरहाउसमा लगानीकर्ताबीच सत्ता समीकरणमा हुनसक्ने सम्भावित बदलाव र सो क्रममा अर्थमन्त्रीको रुपमा विष्णु पौडेलको आगमनको सम्भावनाकै विषयमा कुराकानी हुन्थ्यो ।  

लगानीकर्ताले अड्कल काटेजस्तो अब सत्ता समीकरण परिवर्तन भएको छ । कांग्रेस आजैबाट सत्ता गठबन्धनबाट बाहिरिएको छ भने एमाले प्रमुख प्रतिपक्षीको सिट छाडेर सत्तारुढ बन्न आइपुगेको छ । एमाले समेत सरकारमा सहभागी भएपछि बजारमा फेरि विष्णु पौडेलको चर्चा चौतर्फी देखिएको छ ।  

हुँदाहुँदा विष्णु पौडेल अर्थमन्त्रीको रुपमा आउने हल्लाकै कारण सोमबार बजार खुलेको केही मिनेटमै सर्किटका सर्किट लाग्यो । लगातार ३ वटा सर्किटपछि नेप्सेले सोमबारको बाँकी समयको कारोबार नै स्थगन गरेको थियो ।  

बजारमा एकाएक खरीदारी ह्वात्तै बढ्नु र लगानीकर्ताको मनोबल जादूको शैलीमा माथि उठ्नु पछाडिको कारण पनि विष्णु पौडेल नै थिए । लगानीकर्ताले सामाजिक सञ्जालमा सोमबार बिहानैदेखि ‘हर हर विष्णु घर घर विष्णु’ जस्ता नारा लगाइरहेका छन् । आखिर के छ विष्णुप्रसाद पौडेलको नाममा त्यस्तो चमात्कार ? किन उनको नाम सुन्नेबित्तिकै बजारका लगानीकर्ताको मनोबल त्यसै–त्यसै बढेको देखिन्छ ?

विष्णुप्रसाद पौडेलले यसअघि ३ पटक अर्थमन्त्रालयको बागडोर सम्हालिसकेका छन् । संयोग नै मान्नुपर्छ पौडेलले जब–जब अर्थमन्त्रालयको बागडोर सम्हाले, तब सेयर बजारले नयाँ उचाई चुम्यो(पछिल्लो पटक उछाल आयो) । त्यसपछि त विष्णु पौडेल सेयर बजारको ब्राण्ड नै बने ।  

सन् २०१५ मा उनी अर्थमन्त्री हुँदा सेयरबजार ९ सयमा चलेको थियो । उनको एक बर्षकै कार्यकालमा बजार डबल बढेर १८८१ को उच्च विन्दु चुमेको थियो । त्यसबेला सेयर बजार बढ्ने कारण जेसुकै भएता पनि अधिकांश लगानीकर्ताले यसको सम्पूर्ण श्रेय विष्णुलाई नै दिए ।  

उनले दोश्रोपटक अर्थमन्त्रालयको बागडोर सम्हाल्दै गर्दा पनि बजार १३०० आसपासमा थियो । कोभिडको समयमा अर्थमन्त्री बन्न विष्णु आइपुगेका थिए । उनले दोश्रोपटक अर्थमन्त्रालयमा प्रवेश गरेपछि बजारमा उछाल आएको थियो । त्यसपछि बजारले पुनः नयाँ उचाई चुमेको थियो ।  

गत वर्षको पुसअघि एमालेसहितको सत्ता गठबन्धन बन्दा पनि विष्णु पौडेल तेश्रोपटक अर्थमन्त्री बनेका थिए । उनी अर्थमन्त्रीमा आएको समाचार प्रवाह भएसँगै बजारमा उछाल आएको थियो । 

यहीकारण समेत बुलिस बजार र विष्णु पौडेललाई कतिपय लगानीकर्ता पर्यायको रुपमा हेर्ने गर्छन् । तीन पटकसम्म अर्थमन्त्री बनेका उनलाई सेयर बजारले पूर्ण विश्वास गरेको र प्रत्येकपटक हरियो झण्डा देखाएका कारण समेत उनको नाम बजारमा ब्राण्डको रुपमा बिक्छ ।  

यसपटक पनि त्यही अवस्था देखिएको छ । नयाँ सत्ता समीकरण बनेसँगै अर्थमन्त्रीको रुपमा विष्णु पौडेलको कमब्याक हुने सम्भावनाको खबरले नै पनि सोमबार नेप्से परिसूचक ११७ अंकले बढेको छ ।  

सेयर बजारका लगानीकर्ताहरुले एकमुखले अर्थमन्त्रीमा विष्णु पौडेललाई ल्याउनुपर्ने माग गरिरहेका छन् ।  

तर, सत्ता सहयात्री दलहरुबीच भने अर्थमन्त्रीकै विषयमा विवाद बढेर अवस्था पेचिलो बनिरहेको छ । माओवादी अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्ड अर्थमन्त्रीको रुपमा आफ्ना विश्वासपात्र वर्षमान पुनलाई ल्याउन चाहन्छन् । पुन पनि यसअघि एकपटक अर्थमन्त्री भइसकेका व्यक्ति हुन् । उनले बजेट भने ल्याउन पाएका छैनन् । पुनलाई सेयर बजार र यहाँका लगानीकर्ताले कसरी हेर्छन् भन्ने विषयका खासै ठूला दृष्टान्त भने छैनन् ।

सेय बजारका लगानीकर्ताका मनोबल, विष्णु पौडेलप्रतिको धारणा लगायतलाई हेर्ने हो भने उनीबाहेक अरु कोही अर्थमन्त्री भए सोमबारको मनोबल सेलाउनसक्छ र बजारले फेरि अर्थतन्त्र सुधार तथा नीतिगत लचकताको दिन पर्खिनुपर्ने हुनसक्छ । 

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.