यसपटक सेयर बजार लामो समय बन्द हुनसक्ने, यस्तो छ विगतको नजिर
काठमाण्डौ । जेनजी आन्दोलनका कारण सिर्जित विषम परिस्थितिका कारण यो साता सेयर बजार बन्द रह्यो । नेप्सेले आज एक सूचना निकालेर असोज २ गतेसम्म समेत सेयर कारोबार नहुने जनाएको छ । तर सेयर बजारका अधिकांश लगानीकर्ता तथा ब्रोकरहरुले भने असोज २ गतेसम्म मात्र नभई हालको जटिल राजनीतिक अवस्थामा सुधार नआएसम्मका लागि सेयर बजार बन्द गर्नुपर्ने माग राखेका छन् ।