सुनको मूल्य बढ्ने क्रम आजपनि जारी, कतिमा हुँदैछ कारोबार ?
काठमाण्डौ । घरेलु बजारमा सुनको मूल्य बढ्ने क्रम आजपनि जारी रहेको छ । अघिल्लो दिन ५ हजार ३ सयले बढेको सुनको मूल्य बुधबार पनि बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ हजार ७ सयले बढेको छ । यो वृद्धिसँगै सुनको मूल्य प्रतितोला १ लाख ९१ हजार ६ सय रुपैयाँ कायम भएको छ ।