काठमाण्डौ । घरेलु बजारमा सुनको मूल्य उकालो लाग्ने क्रम आजपनि जारी रहेको छ । अघिल्लो दिन प्रतितोला १३ सय रुपैयाँले बढेको सुनको मूल्य आजपनि बढेको हो ।
आज सुनको मूल्य १६ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यससँगै आज सुनको कारोबार प्रतितोला १ लाख ९२ हजार ९ सय रुपैयाँमा भईरहेको छ ।
अघिल्लो दिन भने एक तोला सुनको मूल्य १ लाख ९१ हजार ३ सय रुपैयाँ कायम थियो ।
आज चाँदीको मूल्य भने घटेको छ । चाँदी आज १५ रुपैयाँले सस्तिदै प्रतितोला २ हजार १५० रुपैयाँ कायम भएको छ ।