काठमाण्डौ । बहुमूल्य पहेँलो धातु सुनको मूल्य अन्तर्राष्ट्रिय बजारमा ५ साताकै उच्च कायम भएको छ । आजको कारोबारमा सुनको मूल्य १.२४ प्रतिशत अर्थात ४१.४९ डलरले बढेको छ ।
यो मूल्यवृद्धिसँगै सुनको कारोबार प्रतिऔंस ३ हजार ३९२.८९ डलरमा भईरहेको छ । डलर र अमेरिकी बोण्डको प्रतिफल कमजोर बनेसँगै सुनको मूल्य ह्वात्तै बढेको हो । यस्तै अमेरिकासँग व्यापार सम्झौता गर्ने म्याद नजिकिएसँगै समेत सुनको मूल्य बढेको हो ।
अमेरिकाले आफ्ना व्यापारिक साझेदार देशहरुलाई अगस्ट १ सम्म व्यापर सम्झौता गरिसक्न भनेको छ । अन्यथा यस्ता देशहरुले थप ट्यारिफको सामना गुर्नपर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन् ।
अमेरिकी डलर ०.६ प्रतिशतले कमजोर बनेको छ । जसका कारण अन्य मुद्रा भएकाहरुले सुनको खरिद बढाउदा मागसँगै मूल्य बढ्न पुगेको छ ।
यस्तै अमेरिकी १० वर्षे ट्रेजरीको प्रतिफल एक साताकै न्यून पुगेको छ ।
आज चाँदीको मूल्य भने घटेको छ । चाँदीको मूल्य ०.१४ डलरले घट्दै प्रतिऔंस ३८.८४ डलर कायम भएको छ ।