काठमाण्डौ । आज स्थानिय बजारमा सुनको मूल्य बढेको छ । अघिल्लो दिन १६ सय रुपैयाँले घटेको सुनको मूल्य आज भने बढेको हो ।
आज सुनको मूल्य १३ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ९४ हजार ८ सय रुपैयाँमा भईरहेको छ । अघिल्लो दिन सुनको कारोबार प्रतितोला १ लाख ९३ हजार ५ सयमा भएको थियो ।
सुनसँगै आज चाँदीको मूल्यमा समेत बढेको छ । चाँदी आज ३५ रुपैयाँले बढ्दै प्रतितोला २ हजार २९० रुपैयाँ कायम भएको छ ।