• मंगलवार, भाद्र ३१,२०८२ 04:48:46
Global IME Bank Limited

डियर हर्क साम्पाङ, तिमीले मलाई जति गाली गरे पनि म तिमीलाई माया गर्न छोड्दिन :बालेन

Hyundai Nepal
डियर हर्क साम्पाङ, तिमीले मलाई जति गाली गरे पनि म तिमीलाई माया गर्न छोड्दिन :बालेन
Shivam Cement

काठमाण्डौ । काठमाण्डौ महानगरका मेयर बालेन शाहलाई लक्षित गर्दै विभिन्न टिकाटिप्पणी गरिरहेका धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङप्रति बोलन शाहले पनि प्रतिक्रिया जनाएका छन् । बालेन शाहले साम्पाङलाई सम्बोधन गर्दै फेसबुकमा एउटा  पोष्ट गरेका छन् ।  

जसमा बालेनले हर्कलाई साँचो माया गर्ने बताएका छन् । उनले लेखेका छन्, ‘डियर हर्क साम्पाङ, तिमीले मलाई जति गाली गरे पनि म तिमीलाई माया गर्न छोड्दिन । एक तर्फी नै सही, तर मेरो माया साँचो हो । यु आर माई ट्रु लभ ।’

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

जेनजी आन्दोलनपश्चात सरकारविहिन बनेको अवस्थामा हर्क साम्पाङ प्रधानमन्त्री बन्ने महत्वाकांक्षा बोकेर काठमाण्डौ आएका थिए । तर जेनजी समूहको सहमति अनुसार सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त भईसकेकी छन् । कार्कीलाई मेयर बालेनले समत समर्थन गरेका थिए ।  

आफू प्रधानमन्त्री बन्न नपाएको र यसक्रममा आफूलाई बालेनबाट कुनै समर्थन नभएको भन्दै पछिल्लो समय हर्क साम्पाङले साम्पाङ विरुद्ध विभिन्न टिकाटिप्पणी गरिरहेका छन् । 

हर्क साम्पाङ र बालेन शाह दुवै जना स्वतन्त्र रुपमा मेयरमा निवार्चित भएका व्यक्ति हुन् ।

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X