मंगलवार, आश्विन २७,२०८३ 02:32:38
Bizshala
  • मंगलवार, आश्विन २७,२०८३ 02:32:38
Bizshala
Global IME Bank Limited

प्रधानमन्त्रीका प्रमुख सल्लाहकारको नाम बेचेर इजरायल पठाउने ठगी, २.५० करोड उठाउने दुईजना पक्राउ

Bizshala
प्रधानमन्त्रीका प्रमुख सल्लाहकारको नाम बेचेर इजरायल पठाउने ठगी, २.५० करोड उठाउने दुईजना पक्राउ
New Office

काठमाण्डौ । प्रधानमन्त्रीका प्रमुख सल्लाहकारको नाम र पदको दुरुपयोग गर्दै इजरायल पठाइदिने प्रलोभनमा रकम असुलिएको ठूलो ठगी प्रकरण सार्वजनिक भएको छ। इजरायलमा केयरगिभरको काम दिलाइदिने भन्दै पीडितबाट २ करोड ५० लाख रुपैयाँ उठाएको आरोपमा दुईजना पक्राउ परेका छन्।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले रामेछापको सुनापति गाउँपालिका–१ घर भएका ५९ वर्षीय भरत चौलागाईं र दोलखाको कालिञ्चोक गाउँपालिका–८ घर भएकी ३२ वर्षीया बालिका सिवाकोटीलाई पक्राउ गरेको हो। उनीहरूलाई असोज १ गते नियन्त्रणमा लिइएको सीआईबीले जनाएको छ।

Shivam Cement
Mahalaxmi Development Bank
Garima Development Bank

नेपाल र इजरायल सरकारबीच भएको ‘गभर्नमेन्ट टु गभर्नमेन्ट’ अर्थात् जीटुजी सम्झौताअनुसार इजरायलमा केयरगिभर पठाउन नेपाल सरकारले सन् २०२४ मा परीक्षा सञ्चालन गरेको थियो। उक्त परीक्षामा सहभागी भए पनि इजरायल जाने ‘लक्की ड्र’मा नपरेका व्यक्तिलाई आरोपितहरूले योजनाबद्ध रूपमा निशाना बनाएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

सीआईबीका अनुसार चौलागाईं र सिवाकोटीसहितका व्यक्तिले लक्की ड्रमा नपरेका १५६ जनालाई प्रधानमन्त्रीका प्रमुख सल्लाहकारसँग पहुँच रहेको र सोही प्रभाव प्रयोग गरेर इजरायल पठाउन सकिने विश्वास दिलाएका थिए।

उनीहरूले इजरायल पठाइदिने भन्दै प्रतिव्यक्ति ६ लाख २० हजार रुपैयाँ मागेको प्रहरीको दाबी छ। यस क्रममा पीडितबाट कुल २ करोड ५० लाख रुपैयाँ उठाएर ठगी गरिएको भन्दै सीआईबीमा जाहेरी परेको हो।

यो प्रकरणमा प्रधानमन्त्रीका प्रमुख सल्लाहकारको नाम र पद प्रयोग गरिए पनि सीआईबीले सार्वजनिक गरेको विवरणमा सम्बन्धित सल्लाहकारको संलग्नता रहेको उल्लेख छैन। बरु आरोपितहरूले सरकारी उच्च पदाधिकारीको नाम दुरुपयोग गरी पीडितलाई विश्वासमा पारेको अनुसन्धानको प्रारम्भिक निष्कर्ष छ।

CG Motors
Bizshala
Muktinath Bikas Bank Limited

वैदेशिक रोजगारीमा आकर्षक गन्तव्य मानिने इजरायलमा जीटुजी प्रणालीबाट मात्रै कामदार पठाइने व्यवस्था छ। यस्तो प्रक्रियामा बिचौलिया वा निजी व्यक्तिले रकम उठाएर नाम थप्ने, छनोट गराउने वा पठाउने वैधानिक अधिकार राख्दैनन्। तर आरोपितहरूले सरकारी प्रक्रियाबाट छनोट हुन नसकेका व्यक्तिको निराशा र इजरायल जाने तीव्र चाहनालाई ठगीको माध्यम बनाएको देखिएको छ।

पीडितहरूले दिएको जाहेरीका आधारमा पक्राउ परेका दुवैजनाविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद २१ अन्तर्गत ठगीसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको छ। उनीहरूलाई काठमाण्डौ जिल्ला अदालतबाट म्याद थप अनुमति लिएर हिरासतमा राखिएको सीआईबीले जनाएको छ।

यस प्रकरणमा अरू व्यक्ति पनि संलग्न रहेको हुन सक्ने संकेत सीआईबीको विज्ञप्तिले गरेको छ। प्रहरीले पक्राउ परेका दुईजनालाई ‘भरत चौलागाईं तथा बालिका सिवाकोटीसहितका व्यक्ति’ भनेर उल्लेख गरेकाले रकम संकलन, पीडितसँग सम्पर्क र सरकारी उच्च अधिकारीको नाम प्रयोग गर्ने कार्यमा थप व्यक्तिको भूमिका हुनसक्ने देखिन्छ।

अनुसन्धानबाट ठगीमा संलग्न अन्य व्यक्ति, रकम जम्मा गरिएका बैंक खाता, नगदको परिचालन तथा प्रधानमन्त्रीका प्रमुख सल्लाहकारसँग पहुँच रहेको भ्रम सिर्जना गर्न प्रयोग गरिएका कागजात र सञ्चार विवरणसमेत खुल्ने अपेक्षा गरिएको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X