बिहीबार, श्रावण १४,२०८३ 10:55:25
Bizshala
  • बिहीबार, श्रावण १४,२०८३ 10:55:25
Bizshala
Global IME Bank Limited

नेपालले भारतको भू-भाग मिचेको छ भन्ने प्रधानमन्त्रीलाई पदमा बस्ने अधिकार छैनः भीम रावल

नेपालले भारतको भू-भाग मिचेको छ भन्ने प्रधानमन्त्रीलाई पदमा बस्ने अधिकार छैनः भीम रावल
New Office

काठमाण्डौ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का भीम रावलले प्रधानमन्त्री बालेन शाहले संसदमा दिएको नेपाल–भारत सीमा सम्बन्धी अभिव्यक्तिप्रति कडा आपत्ति जनाएका छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै रावलले प्रधानमन्त्रीले ‘नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ’ भन्ने अभिव्यक्ति दिएको विषयलाई गम्भीर र आपत्तिजनक बताएका हुन्। प्रधानमन्त्रीको उक्त भनाइले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता तथा राष्ट्रिय स्वाभिमानमाथि प्रश्न उठाएको उनको दाबी छ।

‘नेपालको भौगोलिक अखण्डताको रक्षा गर्ने कुरामा जोड दिनुको साटो नेपालले भारतको भूभाग मिचेको छ भन्ने झुटा कुरा संसदमा गर्ने व्यक्तिलाई प्रधानमन्त्री पदमा एकछिन पनि बसिरहने नैतिक अधिकार हुँदैन,’ उनले लेखेका छन् ।

रावलले नेपालको भूमि संरक्षण र राष्ट्रिय हितको पक्षमा दृढ अडान लिनुपर्ने प्रधानमन्त्रीबाट यस्तो अभिव्यक्ति आउनु दुःखद भएको टिप्पणी गरेका छन्। उनले नेपालले भारतको भूमि कहाँ, कति र कहिलेदेखि अतिक्रमण गरेको भन्ने विषयमा तत्काल स्पष्ट जानकारी सार्वजनिक गर्न प्रधानमन्त्रीसँग माग गरेका छन्।

उनले संसदमा गरिएको उक्त अभिव्यक्तिले राष्ट्रिय हितविपरीत सन्देश जाने जिकिर गर्दै देशभक्त नेपाली नागरिकहरूले यसबारे सरकारसँग जवाफ माग्नुपर्ने बताएका छन्। साथै, सत्तारूढ दल र त्यसका सांसदहरूको धारणा पनि सार्वजनिक हुनुपर्ने उनको भनाइ छ।

यसअघि प्रतिनिधिसभामा बोल्दै प्रधानमन्त्री शाहले भारतले मात्र नभई नेपालले पनि केही स्थानमा भारतीय भूमि अतिक्रमण गरेको जानकारी आफूले प्रधानमन्त्री बनेपछि पाएको बताएका थिए। सीमा विवाद समाधानका लागि नेपाल र भारतबीच कूटनीतिक तथा प्राविधिक तहमा संवाद आवश्यक रहेको उनको भनाइ थियो।

प्रधानमन्त्रीको उक्त अभिव्यक्तिपछि राजनीतिक वृत्तमा विभिन्न प्रतिक्रिया आउन थालेका छन् भने सीमा विवादको विषय पुनः सार्वजनिक बहसको केन्द्रमा पुगेको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.