आईतवार, श्रावण १७,२०८३ 07:28:35
Bizshala
  • आईतवार, श्रावण १७,२०८३ 07:28:35
Bizshala
Global IME Bank Limited

बालेन क्याबिनेट फाइनलतिर: अमेरशलाई उद्योग, लम्साललाई भौतिक, रावललाई सामान्य प्रशासन र विराजलाई उर्जा

बालेन क्याबिनेट फाइनलतिर: अमेरशलाई उद्योग, लम्साललाई भौतिक, रावललाई सामान्य प्रशासन र विराजलाई उर्जा
New Office

काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको मन्त्रिपरिषद् विस्तार हुने क्रम जारी रहँदा नयाँ मन्त्रीहरूको नाम टुंगो लाग्न थालेको छ। सोही क्रममा अमरेश कुमार सिंह, सुनिल लम्साल र प्रतिभा रावल मन्त्री बन्ने निश्चित भएको छ।

सर्लाही–४ बाट निर्वाचित अमरेश कुमार सिंहलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी दिने तयारी गरिएको छ। उनले नेपाली कांग्रेसका सभापति गगन थापालाई पराजित गर्दै संसद प्रवेश गरेका थिए। अब उनी रास्वपा सरकारमा महत्वपूर्ण आर्थिक मन्त्रालय सम्हाल्ने अवस्थामा पुगेका छन्।

त्यसैगरी, रास्वपाले सुनिल लम्साललाई भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी दिएको छ। उनी प्रधानमन्त्री शाहसँगै आजै शपथ लिने कार्यक्रम रहेको छ। पूर्वाधार विकासका ठूला परियोजनाहरू सम्हाल्ने जिम्मेवारी पाएका लम्सालको भूमिका सरकारका लागि महत्वपूर्ण हुने अपेक्षा गरिएको छ।

यस्तै, उर्जा तथा जलस्रोतमन्त्रीमा विराज भक्त श्रेष्ठको नाम फाइनल भएको छ । उनी काठमाडौँ ८ बाट निर्वाचित सांसद हुन् । यसअघि उनी खेलकूद मन्त्री भइसकेका व्यक्ति हुन् ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.