बुधबार, भाद्र ३,२०८३ 06:49:50
Bizshala
  • बुधबार, भाद्र ३,२०८३ 06:49:50
Bizshala
Global IME Bank Limited

प्रधानमन्त्री बालेन्द्र शाहसँग मन्त्रीहरूले गरे कार्यसम्पादन सम्झौता

प्रधानमन्त्री बालेन्द्र शाहसँग मन्त्रीहरूले गरे कार्यसम्पादन सम्झौता
New Office

काठमाण्डौ। प्रधानमन्त्री बालेन्द्र शाहसँग नेपाल सरकारका मन्त्रीहरूले चालु आर्थिक वर्षमा सम्पन्न गरिने प्रमुख काम तथा हासिल गर्ने उपलब्धिका लागि कार्यसम्पादन सम्झौता गरेका छन्।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आयोजित कार्यक्रममा मन्त्रीहरूले प्रधानमन्त्री शाहसँग कार्यसम्पादन सम्झौतामा हस्ताक्षर गर्दै सम्झौताका प्रति आदानप्रदान गरेका हुन्।

Bizshala
CG Motors

सम्झौतामा सरकारको सुशासन, सामाजिक न्याय र समृद्धिसँग सम्बन्धित प्रमुख कार्य तथा अपेक्षित उपलब्धिलाई प्राथमिकतामा राखिएको जनाइएको छ। कार्यसम्पादन सम्झौतामार्फत मन्त्रीहरूको जिम्मेवारी र लक्ष्यलाई थप स्पष्ट बनाउँदै सरकारका प्राथमिकता प्रभावकारी रूपमा कार्यान्वयन गर्ने उद्देश्य राखिएको छ।

यसैगरी, आजै प्रधानमन्त्री शाहसँग नेपाल सरकारका मुख्यसचिव गोविन्दबहादुर कार्कीले समेत कार्यसम्पादन सम्झौता गरेका छन्।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.