शुक्रबार, श्रावण १५,२०८३ 04:52:53
Bizshala
  • शुक्रबार, श्रावण १५,२०८३ 04:52:53
Bizshala
Global IME Bank Limited

हिन्दू राष्ट्रभन्दा संघीयता प्राथमिकता, राजतन्त्रको बहसमा बालेनको स्पष्ट सन्देश

हिन्दू राष्ट्रभन्दा संघीयता प्राथमिकता, राजतन्त्रको बहसमा बालेनको स्पष्ट सन्देश
New Office

काठमाण्डौ । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले हिन्दू राष्ट्रको बहसभन्दा संघीय लोकतान्त्रिक व्यवस्थाको संरक्षण अहिलेको प्राथमिकता भएको बताएका छन्। मधेशकेन्द्रित दलका नेताहरूसँग शुक्रबार भएको करिब दुई घण्टाको छलफलमा उनले हिन्दू राष्ट्रको मुद्दा अन्ततः राजतन्त्रसँग जोडिने भएकाले आफू त्यसको पक्षमा नरहेको स्पष्ट पारे।

छलफलका क्रममा बालेनले तराई÷मधेश र पहाडमा हिन्दू राष्ट्रको मागको पृष्ठभूमि फरक–फरक रहेको उल्लेख गर्दै अहिलेको अवस्थामा संघीयताप्रतिको प्रतिबद्धता कायम राख्नु आवश्यक रहेको धारणा व्यक्त गरेका थिए। सहभागी नेताहरूका अनुसार उनले संघीय लोकतान्त्रिक व्यवस्थालाई कमजोर बनाउने कुनै पनि कदम उपयुक्त नहुने बताएका छन्।

बैठकमा मधेशमा देखिएको साम्प्रदायिक तनावबारे पनि गम्भीर छलफल भएको थियो। प्रधानमन्त्री शाहले केही समूहले सामाजिक सद्भाव बिथोल्ने प्रयास गरिरहेको भन्दै त्यसविरुद्ध सरकार र सबै राजनीतिक शक्तिहरू एकजुट हुनुपर्नेमा जोड दिएका थिए।

मधेशकेन्द्रित दलका नेताहरूले सुनसरी घटनापछि सरकार र आन्दोलनकारीबीच भएका सहमति तथा विगतका प्रतिबद्धताहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराएका थिए। जवाफमा प्रधानमन्त्रीले छानबिन प्रतिवेदनका आधारमा दोषीमाथि कारबाही हुने र पीडितसँग भएका सहमताहरू कार्यान्वयन गरिने विश्वास दिलाएका थिए।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.