Bizshala
  • बिहीबार, भाद्र ११,२०८३ 08:47:17
Bizshala
Global IME Bank Limited

बाढी प्रभावित क्षेत्रमा उद्धार र राहत तीव्र बनाउन प्रधानमन्त्री शाहको निर्देशन

बाढी प्रभावित क्षेत्रमा उद्धार र राहत तीव्र बनाउन प्रधानमन्त्री शाहको निर्देशन
New Office

काठमाण्डौ । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट सिर्जित राष्ट्रिय संकट, उद्धार तथा राहत व्यवस्थापनबारे उच्चस्तरीय छलफल गरेका छन्।

नुवाकोटको बाढी प्रभावित विदुर क्षेत्रको स्थलगत निरीक्षण गरी फर्किएलगत्तै प्रधानमन्त्री शाहले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मुख्यसचिवसहित विषयगत मन्त्रालयका सचिवहरूको सहभागितामा उच्चस्तरीय बैठक बोलाएका हुन्।

बैठकमा विपद् व्यवस्थापन, उद्धार तथा राहत कार्यसँग प्रत्यक्ष सम्बन्धित रक्षा, गृह, अर्थ, परराष्ट्र, ऊर्जा, स्वास्थ्य तथा नागरिक उड्डयन मन्त्रालयका सचिवहरू सहभागी थिए।

Bizshala
CG Motors

बैठकमा प्रधानमन्त्री शाहले बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यलाई तीव्र बनाउन, घाइतेको निःशुल्क तथा प्रभावकारी उपचार सुनिश्चित गर्न र विस्थापित परिवारलाई तत्काल राहत सामग्री उपलब्ध गराउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।

प्रधानमन्त्री शाहले विस्थापित नागरिकका लागि सञ्चालन गरिएका राहत शिविर व्यवस्थित, स्वच्छ र सुरक्षित हुनुपर्नेमा विशेष जोड दिएका छन्। राहत शिविरमा बसोबास गर्ने नागरिकको व्यक्तिगत गोपनीयता सुनिश्चित गर्न तथा महिला, बालबालिका र ज्येष्ठ नागरिकलाई उचित सम्मान, सुरक्षा र विशेष प्राथमिकताका साथ राख्न स्पष्ट निर्देशन दिइएको छ।

प्रधानमन्त्रीले विपद्को यस कठिन परिस्थितिमा राज्यका सबै संयन्त्रलाई प्रभावकारी रूपमा परिचालन गरी प्रभावित नागरिकलाई तत्काल राहत तथा आवश्यक सेवा उपलब्ध गराउन निर्देशन दिएका छन्।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.