रसुवा बाढी : बीमकहरुमा पर्यो करिब २९ करोडको बीमा दाबी, सबैभन्दा धेरै शिखर इन्स्योरेन्समा
काठमाण्डौ । गत असार २३ गते रसुवामा आएको बाढीको क्षतिबाट विभिन्न बीमा कम्पनीमा करिब २९ करोड रुपैयाँबराबरको बीमा दाबी परेको छ । बीमा प्राधिकरणका अनुसार उक्त बाढीले पुर्याएको क्षतिका लागि बीमा दाबी २८ करोड ९२ लाख ६० हजार रुपैयाँबराबर प्रारम्भिक बीमा दाबी परेको छ । यस क्रममा कुल ६० वटा दाबी परेको प्राधिकरणले जनाएको छ । सबैभन्दा धेरै दाबी शिखर इन्स्योरेन्स कम्पनीमा परेको छ ।...