काठमाण्डौ । रसुवासहित विभिन्न आठ जिल्लामा बाढी तथा पहिरोमा परी मृत्यु भएका ४६९ जनाको शव फेला परेको छ। शुक्रबार बिहान ७ बजेसम्म नेपाल प्रहरीले जारी गरेको बुलेटिनअनुसार रसुवालगायत आठ जिल्लामा गरी ४६९ जनाको शव फेला परेको हो।
प्रहरीका अनुसार रसुवामा १२, नुवाकोटमा ३७, धादिङमा ३३, चितवनमा १७८, गोरखामा ४४, तनहुँमा २८, नवलपरासी पूर्वमा ११० र नवलपरासी पश्चिममा २७ जनाको शव फेला परेको छ।
बाढी तथा पहिरो प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य जारी रहेकाले मृतकको संख्या थप बढ्न सक्ने प्रहरीले जनाएको छ। रसुवा जिल्लाको भोटेकोशी नदिमा भदौ १० गते हिमपहिरो खस्दा ठूलो बाढी आएको थियो ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।