मंगलवार, भाद्र १६,२०८३ 10:04:48
Bizshala
  • मंगलवार, भाद्र १६,२०८३ 10:04:48
Bizshala
Global IME Bank Limited

दक्षिण कोरियाले नेपालमा ४४ सदस्यीय विपद् उद्धार टोली पठाउने

दक्षिण कोरियाले नेपालमा ४४ सदस्यीय विपद् उद्धार टोली पठाउने
New Office

काठमाण्डौ । दक्षिण कोरियाले बाढीपहिरो प्रभावित नेपालमा खोज तथा उद्धार कार्यमा सहयोग गर्न ४४ सदस्यीय विपद् राहत टोली पठाउने भएको छ। नेपाल सरकारले औपचारिक रूपमा सहयोगका लागि अनुरोध गरेपछि दक्षिण कोरियाले ‘कोरिया डिजास्टर रिलीफ टिम’ (केडीआरटी) नेपाल पठाउने निर्णय गरेको हो।

दक्षिण कोरियाको परराष्ट्र मन्त्रालयका अनुसार अन्तर्राष्ट्रिय विपद् प्रतिकार्यका लागि सरकार तथा निजी क्षेत्रका सम्बन्धित निकाय सम्मिलित ‘ओभरसिज इमर्जेन्सी रिलीफ काउन्सिल’को निर्णयपछि टोली परिचालन स्वीकृत गरिएको हो।

गत भदौ १० गते नेपालको उत्तरी जिल्ला रसुवामा आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि दक्षिण कोरियाले सम्भावित उद्धार टोली परिचालनको तयारी गरिरहेको थियो। नेपाल सरकारले आफ्नै सेना तथा प्रहरीमार्फत खोज तथा उद्धार कार्य सञ्चालन गरिरहेको अवस्थामा सहयोगका लागि औपचारिक अनुरोध गरेपछि दक्षिण कोरियाले टोली पठाउने निर्णय गरेको मन्त्रालयले जनाएको छ।

४४ सदस्यीय टोलीको नेतृत्व दक्षिण कोरियाको परराष्ट्र मन्त्रालयका विकास सहयोगसम्बन्धी महानिर्देशक ली क्यु–होले गर्नेछन्। टोलीमा परराष्ट्र मन्त्रालय, कोरिया इन्टरनेसनल कोअपरेसन एजेन्सी (कोइका), राष्ट्रिय अग्नि नियन्त्रक निकायलगायत विभिन्न सरकारी निकायका अधिकारी तथा उद्धार विशेषज्ञ सहभागी हुनेछन्।

Bizshala
CG Motors

टोली मंगलबार राति दक्षिण कोरियाली वायुसेनाको केसी–३३० साइग्नस बहुउद्देश्यीय हवाई इन्धन तथा यातायात विमानमार्फत नेपालका लागि प्रस्थान गर्नेछ। टोलीले करिब १० दिन नेपालमा रहेर नेपाली अधिकारीसँग समन्वय गरी बाढीबाट प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य सञ्चालन गर्नेछ।

यस टोलीको परिचालन नेपालमा यसअघि नै खटिएको दक्षिण कोरियाली सरकारी द्रुत प्रतिक्रिया टोलीभन्दा अलग हुनेछ। उक्त टोली गत सातादेखि नेपालमा रहेर बाढीपहिरोपछि सम्पर्कविहीन भएका नौ जना दक्षिण कोरियाली नागरिकको खोजीमा सहयोग गरिरहेको छ।

सम्पर्कविहीन नौ जना दक्षिण कोरियाली नागरिक रसुवामा निर्माणाधीन जलविद्युत् आयोजनासँग सम्बन्धित रहेको जनाइएको छ। हेलिकप्टरमार्फत खोजी गर्न कठिनाइ भएपछि दक्षिण कोरियाली टोलीले स्थलमार्गबाट समेत खोजी अघि बढाएको छ।

दक्षिण कोरियाको केडीआरटी प्रमुख विदेशी विपद्मा तत्काल परिचालन गर्न सकिने सरकारी उद्धार संयन्त्र हो। यसले खोज तथा उद्धार, स्वास्थ्य सहायता र अन्य राहतसम्बन्धी काम गर्दै आएको छ। दक्षिण कोरियाले यसअघि टर्कीको सन् २०२३ को भूकम्प, लाओसको सन् २०१८ को बाँध दुर्घटना तथा नेपालको सन् २०१५ को भूकम्पलगायतका ठूला विपद्मा यस्तो टोली परिचालन गरिसकेको छ।

यसअघि दक्षिण कोरियाले नेपालमा बाढीबाट प्रभावित नागरिकका लागि अन्तर्राष्ट्रिय संस्थामार्फत राहत तथा मानवीय सहायता उपलब्ध गराउन १० लाख अमेरिकी डलर सहयोग गर्ने घोषणा गरेको थियो।

दक्षिण कोरियाको परराष्ट्र मन्त्रालयले नेपाल सरकारसँग निरन्तर समन्वय गर्दै स्थलमै आवश्यक पर्ने थप सहयोग उपलब्ध गराउने सम्भावनाबारे सक्रिय रूपमा काम गर्ने जनाएको छ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.