Bizshala
  • सोमबार, भाद्र १५,२०८३ 12:25:57
Bizshala
Global IME Bank Limited

भोटेकोशी बाढीः तीन हजारभन्दा बढीको उद्धार, १,५५८ जनाको खोजतलासका लागि निवेदन

भोटेकोशी बाढीः तीन हजारभन्दा बढीको उद्धार, १,५५८ जनाको खोजतलासका लागि निवेदन
New Office

काठमाण्डौ । भोटेकोशी नदीमा आएको बाढीका कारण विभिन्न स्थानमा अलपत्र परेका तीन हजारभन्दा बढीको उद्धार गरिएको छ। नुवाकोट जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीका अनुसार गएरातिसम्म रसुवा र नुवाकोटका विभिन्न स्थानबाट ३ हजार २९ जनाको उद्धार गरिएको हो।

उद्धार गरिएकामध्ये २ हजार ७७६ जना नेपाली नागरिक र २५३ जना विदेशी नागरिक रहेको प्रमुख जिल्ला अधिकारी रेग्मीले जानकारी दिए। उनका अनुसार पछिल्लो २४ घण्टामा मात्रै ६२४ जनाको उद्धार गरिएको छ।

बाढीबाट ज्यान जोगाएर सुरक्षित स्थानमा आश्रय लिइरहेका व्यक्तिलाई हेलिकप्टरमार्फत उद्धार गरिएको हो। उद्धारपछि उनीहरूको स्वास्थ्य परीक्षण गरिएको र उपचार आवश्यक देखिएकालाई सम्बन्धित स्वास्थ्य संस्थामा पठाइएको प्रशासनले जनाएको छ। अन्यलाई परिवारसँग पुनर्मिलन गराइएको छ।

Bizshala
CG Motors

भोटेकोशी बाढीका कारण अलपत्र परेकाको खोज तथा उद्धार कार्य जारी रहेको छ। जलविद्युत् आयोजनाको सुरुङभित्र रहेको भनिएका व्यक्तिबाहेक अधिकांशको उद्धार भइसकेको जनाइएको छ। यद्यपि रसुवाको टिमुरे, स्याफ्रुबेँसी र मैलुङ लगायतका क्षेत्रमा अझै केही व्यक्ति फसेको हुनसक्ने आशंकामा हेलिकप्टरमार्फत नियमित हवाई निरीक्षण ९रेकी० भइरहेको प्रमुख जिल्ला अधिकारी रेग्मीले बताए।

यसैबीच, बाढीमा परेर आफन्त हराएको भन्दै १ हजार ५५८ जनाको खोजतलासका लागि निवेदन परेको छ। जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक विपिन रेग्मीका अनुसार नुवाकोट र रसुवाका विभिन्न स्थानबाट आफ्ना आफन्त हराएको जनाउँदै आइतबारसम्म उक्त संख्यामा निवेदन प्राप्त भएको हो।

हराइरहेका व्यक्तिको खोजतलासका लागि नेपाल प्रहरीको वेबसाइट, जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय तथा श्री नं। १ सैन्य तालिम केन्द्र, विदुरमा निवेदन दिन सकिने प्रहरीले जनाएको छ।

बाढीमा फसेका तथा हराइरहेका व्यक्तिको खोज तथा उद्धारका लागि संयुक्त सुरक्षा फौज परिचालन गरिएको छ। उद्धार अभियानमा हेलिकप्टर, तालिमप्राप्त कुकुर र ड्रोन क्यामेराको समेत प्रयोग भइरहेको प्रहरीले जनाएको छ।

यसैबीच, बाढीमा परी ज्यान गुमाएकामध्ये नुवाकोटमा हालसम्म ९५ जनाको शव सङ्कलन गरिएको छ। जिल्लाका विभिन्न ३० स्थानमा संयुक्त सुरक्षा टोली परिचालन गरी गरिएको खोज तथा उद्धारका क्रममा ती शव सङ्कलन गरिएको हो।

सङ्कलन गरिएका शवको पहिचानका लागि प्रहरीले तस्बिरसहितको विवरण सार्वजनिक गरेको छ। शव परीक्षणका लागि नुवाकोटबाट काठमाण्डौस्थित शिक्षण अस्पताल, महाराजगञ्ज पठाइएको जनाइएको छ। प्रहरीले मृतकका परिवार तथा आफन्तलाई पहिचानका लागि अस्पतालमा सम्पर्क गर्न अनुरोध गरेको छ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.