काठमाण्डौ । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि उद्धार तथा खोजी कार्यमा परिचालित विशेष तालिमप्राप्त ल्याब्राडोर जातको कुकुर ‘साम्बा’ले १५ दिनमा २० जनाको शव तथा शवका अवशेष फेला पार्न सफल भएको छ।
विशेष तालिमप्राप्त साम्बासहितको उद्धार टोलीले बाढी प्रभावित क्षेत्रमा निरन्तर खोजी कार्य गर्दै २० जनाको शव तथा अवशेष फेला पारेको हो ।
प्रहरी तथा सुरक्षा निकायको संयुक्त उद्धार टोलीले साम्बालाई बाढीबाट अति प्रभावित रसुवागढी, स्याफ्रुबेँसी, टिमुरे, घट्टेखोला र बेत्रावती क्षेत्रमा परिचालन गरेको थियो।
कठिन भौगोलिक अवस्था र चुनौतीपूर्ण परिस्थितिका बीच साम्बाले आफ्नो तीव्र सुँघ्ने क्षमताको प्रयोग गर्दै भग्नावशेष तथा माटोमुनि पुरिएका शव र अवशेष पत्ता लगाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको सुरक्षाकर्मीले बताएका छन्।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।