शुक्रबार, आश्विन २,२०८३ 03:32:06
Bizshala
  • शुक्रबार, आश्विन २,२०८३ 03:32:06
Bizshala
Global IME Bank Limited

बाढीले तहसनहस पूर्वाधार, दुई खर्ब हाराहारीको क्षति

बाढीले तहसनहस पूर्वाधार, दुई खर्ब हाराहारीको क्षति
New Office

काठमाण्डौ ।  भौतिक पूर्वाधारमन्त्री सुनिल लम्सालले हालै आएको बाढीबाट देशभरका पूर्वाधारमा करिब दुई खर्ब रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक जानकारी प्राप्त भएको बताएका छन्।

बुधबार बिहान आएको बाढीबाट भएको क्षतिबारे जानकारी दिँदै मन्त्री लम्सालले पूर्वाधारतर्फ मात्रै दुई खर्ब रुपैयाँ हाराहारीको क्षति भएको विवरण प्राप्त भएको बताए। उनका अनुसार बाढीले सडक, पुललगायतका भौतिक संरचनामा ठूलो क्षति पुर्‍याएको छ।

Shivam Cement
Bizshala
CG Motors

मन्त्री लम्सालले क्षतिग्रस्त सडक तथा पुलको पुनर्निर्माणलाई प्राथमिकतामा राखेर काम अघि बढाइने बताए। आवागमन सहज बनाउन आवश्यक संरचनाको निर्माण तथा पुनःस्थापनालाई तीव्रता दिने उनको भनाइ छ।

Muktinath Bikas Bank Limited

तिब्बतबाट नेपाल प्रवेश गरेको बाढीले रसुवा, नुवाकोट, धादिङ, चितवनलगायत जिल्लामा ठूलो क्षति पुर्‍याएको छ। बाढीका कारण सडक तथा पुलमा क्षति पुग्दा विभिन्न क्षेत्रमा यातायातसमेत प्रभावित भएको छ।

बाढीबाट हालसम्म सात जनाको मृत्यु भएको पुष्टि भएको छ भने प्रभावित क्षेत्रमा उद्धार तथा क्षतिको विवरण संकलन गर्ने काम जारी रहेको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.