काठमाण्डौ । त्रिशूली नदीमा आएको बाढीका कारण गल्छी–त्रिशूली राजमार्ग तथा त्रिशूली नदीमाथिका विभिन्न पुलमा क्षति पुगेपछि अवरुद्ध यातायातलाई सहज बनाउन सडक डिभिजन कार्यालय नुवाकोटले विभिन्न वैकल्पिक सडक सञ्चालनमा ल्याएको छ।
रसुवा र धादिङसमेत हेर्ने सडक डिभिजन नुवाकोटले बाढीबाट प्रभावित सडक तथा पुलको विकल्पका रूपमा नयाँ सडक निर्माण, मर्मत तथा स्तरोन्नति गरी यातायात सञ्चालनमा ल्याएको जनाएको छ।
हाल चारवटा प्रमुख वैकल्पिक सडक सञ्चालनमा ल्याइएको छ।
१. पृथ्वी राजमार्ग–धादिङबेसी वैकल्पिक मार्ग
करिब १५ किलोमिटर लामो पृथ्वी राजमार्ग–धादिङबेसी वैकल्पिक मार्ग सञ्चालनमा ल्याइएको छ।
मास्टारस्थित पृथ्वी राजमार्गबाट त्रिशूली पुल पार गरी केउरिनीटार, बेलिनटार, आदमटार, पिपलटार, गजुरीटार, नेपालटार र परेवाटार हुँदै धादिङबेसीसम्म यातायात सञ्चालन गरिएको हो।
यस मार्गले विशेषगरी धादिङको गल्छी र सिद्धलेक क्षेत्रलाई राहत पुर्याउने अपेक्षा गरिएको छ।
२. त्रिशूली पार क्षेत्र जोड्ने ४० किलोमिटर वैकल्पिक मार्ग
त्रिशूली नदी पारिको भूभागलाई यातायात सञ्जालसँग जोड्न करिब ४० किलोमिटर लामो वैकल्पिक मार्ग सञ्चालनमा ल्याइएको छ।
गल्छी–त्रिशूली राजमार्गअन्तर्गत त्रिशूली पुल पार गरेपछि नदीको दायाँ किनार हुँदै कल्लेरीटार, कोशीखोला, पिमलटार, दर्शनटार, छत्रेखोला, गौरीबेसी हुँदै त्रिशूली बजार र किस्पाङ गाउँपालिकाको सीमासम्म यातायात सञ्चालन गरिएको सडक डिभिजनले जनाएको छ।
यसबाट धादिङको सिद्धलेक तथा नुवाकोटका तारकेश्वर, विदुर र मेघाङ क्षेत्रलाई यातायात सम्पर्क कायम गर्न सहयोग पुगेको छ।
३. देवीघाट–तादी खोला पुलको विकल्पमा ३५ किलोमिटर सडक
देवीघाटस्थित क्षतिग्रस्त तादी खोला पुलको विकल्पका रूपमा करिब ३५ किलोमिटर लामो वैकल्पिक सडक सञ्चालनमा ल्याइएको छ।
पिपलटार–धमले–निरञ्जना–बाघखोर–हर्रे–देउराली–कोल्पुटार सडकमार्फत चारपाङ्ग्रे सवारीसाधन सञ्चालन गर्न मिल्ने गरी मार्ग तयार गरिएको हो।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।