बिहीबार, आश्विन २९,२०८३ 11:43:53
Bizshala
  • बिहीबार, आश्विन २९,२०८३ 11:43:53
Bizshala
Global IME Bank Limited

रसुवासहित बाढी प्रभावितका लागि राहत कोषमा ७ अर्बभन्दा बढी संकलन

Bizshala
रसुवासहित बाढी प्रभावितका लागि राहत कोषमा ७ अर्बभन्दा बढी संकलन
New Office

काठमाण्डौ । रसुवासहित बाढी प्रभावित जिल्लाका नागरिकका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ्दै गएको छ। प्रधानमन्त्री वालेन्द्र शाहले बुधबार प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै सरकारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष तथा प्रधानमन्त्री राहत कोषमार्फत बाढी प्रभावितका लागि आर्थिक सहयोग जुटाइरहेको जानकारी दिएका हुन्।

प्रधानमन्त्री शाहका अनुसार बुधबारसम्म राहत कोषमा रु। ७ अर्ब ८८ लाख ५७ हजार २१७ जम्मा भएको छ। संकलित रकममध्ये मंगलबार मात्रै रु. १ अर्ब राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई निकासा गरिएको थियो।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

निकासा भएको रकममध्ये रु. ६ करोड ७५ लाख रसुवा, नुवाकोट, धादिङ, गोरखा र तनहुँका बाढी प्रभावित १५ वटा स्थानीय तहमा पठाइसकिएको प्रधानमन्त्री शाहले बताए ।

उनका अनुसार कोषमा हाल रु. ६ अर्ब ८८ लाख ५७ हजार २१७ मौज्दात रहेको छ। यसबाहेक राहत कोषमा थप ६१ लाख ४१ हजार ७०२ अमेरिकी डलर समेत जम्मा भएको छ।

प्रधानमन्त्री शाहले विपद्का कारण प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सरकारले उपलब्ध स्रोत परिचालन गरिरहेको बताउँदै सहयोग प्राप्त हुने क्रमसमेत बढिरहेको जानकारी दिए।

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited
Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.