बुधबार, भाद्र ३१,२०८३ 06:51:26
Bizshala
  • बुधबार, भाद्र ३१,२०८३ 06:51:26
Bizshala
Global IME Bank Limited

भोटेकोशी बाढीपीडितलाई निःशुल्क आपतकालीन स्वास्थ्य सेवा दिने ह्याम्स अस्पतालको घोषणा

भोटेकोशी बाढीपीडितलाई निःशुल्क आपतकालीन स्वास्थ्य सेवा दिने ह्याम्स अस्पतालको घोषणा
New Office

काठमाण्डौ । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट भएको अकल्पनीय जनधनको क्षतिप्रति ह्याम्स अस्पतालले गहिरो दुःख व्यक्त गरेको छ।

अस्पतालले बाढी तथा विपद्मा परी ज्यान गुमाउने सम्पूर्णप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरेको छ।

Shivam Cement
Bizshala
CG Motors

विपद्को यस दुःखद घडीमा प्रभावित नागरिकलाई निःशुल्क आपतकालीन स्वास्थ्य सेवा प्रदान गर्न अस्पताल प्रतिबद्ध रहेको जनाएको छ।

साथै, नेपाल सरकारसँगको समन्वयमा आवश्यकताअनुसार मेडिकल टोलीसहित विपद् प्रभावित क्षेत्रमा पुगेर स्वास्थ्य सेवा प्रदान गर्न अस्पताल पूर्ण रूपमा तयारी अवस्थामा रहेको जानकारी दिएको छ।

ह्याम्स अस्पतालले आपतकालीन स्वास्थ्य सहायता आवश्यक पर्ने प्रभावित नागरिकलाई ९८०१९०४६४० नम्बरमा सम्पर्क गर्न अनुरोध गरेको छ।

Muktinath Bikas Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

यो पनि हेर्नुहोस

IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.