मंगलवार, भाद्र १६,२०८३ 11:01:36
Bizshala
  • मंगलवार, भाद्र १६,२०८३ 11:01:36
Bizshala
Global IME Bank Limited

भोटेकोशी बाढीबारे छलफल गर्न आज फेरि सर्वदलीय बैठक बस्दै

भोटेकोशी बाढीबारे छलफल गर्न आज फेरि सर्वदलीय बैठक बस्दै
New Office

काठमाण्डौ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट भएको क्षति तथा उद्धार, राहत र पुनर्स्थापनाका विषयमा छलफल गर्न सर्वदलीय बैठक फेरि बस्ने भएको छ।

मंगलबार दिउँसो २ बजे सिंहदरबारस्थित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको कार्यालयमा बैठक बस्ने गरी आह्वान गरिएको हो।

रास्वपाका प्रवक्ता जगदीश खरेलका अनुसार बैठकमा भोटेकोशी बाढीबाट भएको मानवीय तथा भौतिक क्षति, खोजी तथा उद्धार कार्यको अवस्था, प्रभावितलाई राहत उपलब्ध गराउने विषय तथा पुनर्स्थापनाका लागि चाल्नुपर्ने कदमबारे छलफल हुनेछ।

Bizshala
CG Motors

यसअघि बाढी आएको भोलिपल्ट अर्थात् भदौ ११ गते पनि रास्वपा सभापति रवि लामिछानेको आह्वानमा सर्वदलीय बैठक बसेको थियो। उक्त बैठकमा पनि भोटेकोशी बाढीबाट भएको क्षति तथा प्रभावित क्षेत्रमा उद्धार, राहत र पुनर्स्थापनाका विषयमा छलफल गरिएको थियो।

बाढीपछि प्रभावित क्षेत्रमा खोजी तथा उद्धार कार्यलाई प्रभावकारी बनाउने, पीडितलाई तत्काल राहत उपलब्ध गराउने र दीर्घकालीन पुनर्स्थापनाका लागि राजनीतिक दलहरूबीच समन्वय गर्ने विषयलाई बैठकले प्राथमिकता दिने बताइएको छ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.