मंगलवार, भाद्र १६,२०८३ 03:07:43
Bizshala
  • मंगलवार, भाद्र १६,२०८३ 03:07:43
Bizshala
Global IME Bank Limited

बाढी आउनुभन्दा दुई दिनअघि नै हिमाली क्षेत्रमा जोखिमका संकेत देखिएको बेलायती विशेषज्ञको दाबी

बाढी आउनुभन्दा दुई दिनअघि नै हिमाली क्षेत्रमा जोखिमका संकेत देखिएको बेलायती विशेषज्ञको दाबी
New Office

काठमाण्डौ । नेपालमा विनाशकारी बाढी आउनुभन्दा दुई दिनअघि नै हिमाली क्षेत्रमा असामान्य तापक्रमसहित सम्भावित विपद्का संकेत देखिएको एक जलवायु तथा हिमनदी विशेषज्ञले बताएका छन्।

ब्रिटिस अन्टार्कटिक सर्भेका हिमनदी विज्ञ डा. हामिस प्रिचार्डका अनुसार बाढी आउनुभन्दा दुई दिनअघि जमिनको तापक्रम पछिल्लो दुई वर्षयताकै उच्च अवस्थामा पुगेको थियो। त्यसैगरी, बाढी आएको दिन हिमनदीबाट करिब १० किलोमिटर टाढा र समुद्री सतहबाट करिब ५ हजार १०० मिटर उचाइमा रहेको एउटा तालको पानीको तापक्रम यस वर्षकै उच्च रहेको पाइएको थियो।

नेपाल र तिब्बतमा ठूलो जनधनको क्षति हुने गरी आएको विनाशकारी बाढीको वास्तविक कारणबारे वैज्ञानिकहरूले अझै अध्ययन गरिरहेका छन्। प्रारम्भिक विवरणअनुसार नेपालमा ९०० भन्दा बढीको मृत्यु भएको तथा हजारौं मानिस अझै बेपत्ता रहेको जनाइएको छ।

विशेषज्ञहरूले अहिलेको घटनालाई हिमनदीको ठूलो हिस्सा भत्किएर पहाडबाट तल खसेको र त्यसले नदीको बहावमा अस्थायी अवरोध सिर्जना गरेपछि आएको आकस्मिक बाढीसँग जोडेर हेरिरहेका छन्।

डा. प्रिचार्डका अनुसार अत्यधिक तापक्रमका कारण हिउँको तह कमजोर हुनुका साथै हिमनदीभित्रका चिरामा पानी पस्न सक्छ। यसले बरफ र चट्टानलाई जोडेर राख्ने प्राकृतिक संरचना कमजोर बनाउँदा हिमनदी खस्ने जोखिम बढाउँछ।

लाङटाङ–लिरुङ क्षेत्रमा हिमनदीको ठूलो हिस्सा चट्टान र गेग्रानसहित तल खसेको र त्यसले ल्हेन्दे खोला केही समयका लागि थुनेको प्रारम्भिक अध्ययनले देखाएको छ। नदी थुनिएपछि अस्थायी रूपमा ठूलो ताल बनेको र केही समयपछि उक्त ताल फुट्दा तीव्र गतिमा पानी बगेको हुनसक्ने वैज्ञानिकहरूको अनुमान छ।

घटनाको प्रारम्भिक चरणमा गत अगस्ट २६ मा गएको ५.२ म्याग्निच्युडको भूकम्पलाई पनि सम्भावित कारणका रूपमा हेरिएको थियो। तर पछिल्लो विश्लेषणले जमिन हल्लिएको कारण भूकम्प नभई हिमनदीको ठूलो हिस्सा खसेको हुनसक्ने देखाएको छ।

हिमनदीसँगै बरफ, चट्टान र गेग्रान पहाडबाट तल खस्दा उत्पन्न शक्तिले जमिनमा कम्पन सिर्जना गरेको हुनसक्ने वैज्ञानिकहरूको निष्कर्ष छ।

यसरी हेर्दा भूकम्पले हिमनदी खसाएको नभई हिमनदी खस्दा उत्पन्न कम्पनलाई भूकम्पका रूपमा रेकर्ड गरिएको हुनसक्ने देखिएको छ।

वैज्ञानिकहरूका अनुसार हिमालय विश्वका अन्य धेरै क्षेत्रको तुलनामा तीव्र गतिमा तातिरहेको छ। मनसुनको समयमा भएको यो घटनाले जोखिमलाई थप बढाएको थियो।

Bizshala
CG Motors

भारी वर्षा र हिमपातका कारण हिमाली क्षेत्रमा पहिरो तथा हिमपहिरोको सम्भावना स्वाभाविक रूपमा बढ्ने गर्छ। त्यसमाथि नदीहरूमा पानीको बहाव उच्च र माटो पूर्ण रूपमा भिजेको अवस्थामा रहेकाले पहाड तथा हिमनदी अस्थिर हुने जोखिम थप बढ्छ।

डा. प्रिचार्डका अनुसार जलवायु परिवर्तनका कारण हिमालयका हिमनदीहरू तीव्र गतिमा पग्लिँदै र पछाडि हट्दै गएकाले यस्ता घटनाका लागि जोखिमपूर्ण वातावरण थप सिर्जना भइरहेको छ।

नेपालको भौगोलिक बनोट आफैंमा यस्ता प्राकृतिक विपद्का लागि संवेदनशील छ। अत्यन्तै ठाडा पहाडी भिर, कमजोर भू–संरचना र हिमनदीको ठूलो उपस्थिति भएका कारण यहाँ पहिरो, चट्टान खस्ने तथा हिमचट्टान भत्किने जोखिम उच्च छ।

जलवायु परिवर्तनसँगै जमिनमुनि लामो समयसम्म जमेर रहने पर्माफ्रोस्ट समेत पग्लिन थालेको वैज्ञानिकहरूले बताएका छन्। पर्माफ्रोस्टले चट्टान र हिमनदीको संरचनालाई स्थिर राख्न भूमिका खेल्ने भएकाले यसको पग्लाइले पहाडको संरचना कमजोर बनाउन सक्छ।

यसले चट्टान, माटो र बरफलाई अस्थिर बनाउँदै भविष्यमा हिमनदी वा हिमचट्टान खस्ने सम्भावना बढाउन सक्छ।

उपग्रहबाट सन् १९७६ देखि २०२४ सम्म संकलन गरिएको तथ्यांकले विश्वका अधिकांश हिमाली तथा हिमनदी क्षेत्रको पग्लिने दर बढिरहेको देखाएको छ। आइसल्यान्डबाहेक पृथ्वीका अधिकांश क्षेत्रमा हिमनदी पग्लिने दर बढेको अध्ययनले देखाएको छ। हिमालयमा पछिल्लो दशकको हिमपग्लाइ दर दीर्घकालीन औसतभन्दा करिब २५ प्रतिशत बढी रहेको उल्लेख गरिएको छ।

वैज्ञानिकहरूका अनुसार हिमनदी पग्लिने क्रम तीव्र हुँदै जाँदा सुरुमा नदीमा पानीको मात्रा बढ्न सक्छ। तर दीर्घकालमा हिमनदीको आकार घट्दै जाँदा पानीको स्रोतमा असर पर्ने मात्र होइन, हिमताल फुट्ने, हिमचट्टान खस्ने र आकस्मिक बाढीजस्ता जोखिमसमेत बढ्न सक्छन्।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.