काठमाण्डौ । इन्द्रजात्राको मुख्य दिन शुक्रबार वसन्तपुर दरबार क्षेत्र उत्सवमय बनेको छ। जात्रा अवलोकनका लागि राष्ट्रपति रामचन्द्र पौडेलसहित उच्चपदस्थ अधिकारी तथा विशिष्ट व्यक्तिहरू वसन्तपुर पुगेका छन्।
इन्द्रजात्रामा सहभागी हुन उपराष्ट्रपति, नेपाल सरकारका मन्त्रीहरू, सभामुख, सांसद तथा काठमाडौँ महानगरपालिकाका प्रमुख र उपप्रमुखलगायत विशिष्ट व्यक्तिहरूको समेत उपस्थिति रहेको छ।
परम्पराअनुसार राष्ट्रपति पौडेलले वसन्तपुरस्थित गद्दी बैठकबाट जीवित देवी कुमारी तथा गणेश र भैरवको रथयात्रा अवलोकन गर्ने कार्यक्रम छ।
इन्द्रजात्राको मुख्य आकर्षणका रूपमा रहेको कुमारी, गणेश र भैरवको रथयात्रा सुरु हुने तयारीमा छ। जात्राका लागि वसन्तपुर क्षेत्रमा ठूलो संख्यामा सर्वसाधारण तथा विदेशी पाहुनाहरूको समेत उपस्थिति रहेको छ।
प्रधानमन्त्री बालेन्द्र साह भने संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिकाको न्युयोर्कमा रहेकाले यसपटक इन्द्रजात्रामा उपस्थित भएका छैनन्।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।