काठमाडौँमा निःशुल्क क्यान्सर परीक्षणः ९० महिलामा एचपीभी संक्रमण, दुई जनामा स्तन क्यान्सर पुष्टि
काठमाण्डौ । काठमाडौँ महानगरपालिकाले सञ्चालन गरेको निःशुल्क स्तन तथा पाठेघरको मुखको क्यान्सर परीक्षणका क्रममा ९० महिलामा ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) डीएनए पोजिटिभ देखिएको छ।महानगरपालिकाले वीर अस्पतालसँगको सहकार्यमा २०८२ चैत १६ गतेदेखि २०८३ वैशाख २१ गतेसम्म परीक्षण अभियान सञ्चालन गरेको थियो। अभियानअन्तर्गत २ हजार ७७९ महिलाको पाठेघरको मुखको क्यान्सरसम्बन्धी...

