बुधबार, असार १०,२०८३ 09:33:08
Bizshala
  • बुधबार, असार १०,२०८३ 09:33:08
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

काठमाडौँ महानगरको छात्रवृत्ति परीक्षामा २६ हजार ६८० विद्यार्थी सहभागी हुने, २६ हजार ८८८ आवेदनमध्ये २०८ अस्वीकृत

Laxmi Sunrise Bank Limited
काठमाडौँ महानगरको छात्रवृत्ति परीक्षामा २६ हजार ६८० विद्यार्थी सहभागी हुने, २६ हजार ८८८ आवेदनमध्ये २०८ अस्वीकृत

काठमाण्डौं । काठमाडौँ महानगरपालिकाले कक्षा ११ र १२ का लागि सञ्चालन गर्न लागेको छात्रवृत्ति छनोट परीक्षा यस वर्ष पनि ठूलो संख्यामा विद्यार्थीको आकर्षणको केन्द्र बनेको छ ।  

आगामी आइतबार हुने परीक्षामा २६ हजार ६८० जना विद्यार्थी सहभागी हुने भएका छन् ।

New Office
CG Motors
Garima Development Bank

महानगरका अनुसार छात्रवृत्तिका लागि यस वर्ष कुल २६ हजार ८८८ जनाले आवेदन दिएका थिए ।  

तीमध्ये आवश्यक कागजात तथा मापदण्ड पूरा नगरेका २०८ जनाको आवेदन अस्वीकृत गरिएको शिक्षा विभागले जनाएको छ ।  

योग्य ठहरिएका सबै विद्यार्थीहरू परीक्षा प्रक्रियामा सहभागी हुनेछन् ।

परीक्षा व्यवस्थापनका लागि महानगरले डिजिटल प्रणालीलाई प्राथमिकता दिँदै प्रवेशपत्र अनलाइनमार्फत उपलब्ध गराएको छ ।  

शिक्षा अधिकृत तथा परीक्षा समितिका सदस्य सचिव रामचन्द्र खड्काका अनुसार विद्यार्थीहरूले आवेदन दिएको प्रणालीमै लगइन गरेर प्रवेशपत्र डाउनलोड गर्न सक्ने व्यवस्था मिलाइएको छ ।  

प्रवेशपत्र अनिवार्य रूपमा रंगीन प्रिन्ट गरिएको हुनुपर्ने नियम लागू गरिएको छ ।

प्रवेशपत्र डाउनलोड गर्न महानगरको आधिकारिक पोर्टल intrance.kathmandu.gov.np  प्रयोग गर्नुपर्नेछ ।  

प्रणालीमा एसईईको सिम्बोल नम्बरलाई युजरनेमका रूपमा राखी जन्ममिति र पासवर्ड प्रयोग गरेर प्रवेशपत्र प्राप्त गर्न सकिने व्यवस्था गरिएको छ ।

परीक्षामा सहभागी विद्यार्थीहरूले प्रवेशपत्रसँगै फोटोसहितको आधिकारिक परिचयपत्र अनिवार्य रूपमा साथमा ल्याउनुपर्नेछ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

एसईई प्रवेशपत्र, विद्यालयको परिचयपत्र वा नागरिकताको प्रमाणपत्रमध्ये कुनै एक मान्य कागजात आवश्यक हुने महानगरले स्पष्ट पारेको छ ।

परीक्षा निष्पक्ष र व्यवस्थित बनाउन केन्द्राध्यक्षहरूको अभिमुखीकरण सम्पन्न भइसकेको छ ।

शिक्षा बिभाग प्रमुख नमराज ढकालका अनुसार विद्यार्थीहरूलाई तनावमुक्त वातावरणमा परीक्षा दिन सक्ने गरी आवश्यक निर्देशन दिइएको छ ।

काठमाडौँ महानगरपालिकाले २०८० सालदेखि संस्थागत विद्यालयहरूमा कक्षा ११ र १२ का लागि छात्रवृत्ति वितरण गर्न छनोट परीक्षा प्रणाली लागू गर्दै आएको हो ।

कक्षा १० सम्मको छात्रवृत्तिका लागि वडास्तरीय सिफारिस प्रणाली प्रयोग गरिन्छ भने ११ र १२ का लागि प्रतिस्पर्धात्मक परीक्षा प्रणाली अपनाइएको छ ।

परीक्षापछि योग्यताक्रम सूची सार्वजनिक गरिनेछ र सोही आधारमा म्याचिङ सूचीमार्फत विद्यार्थीलाई छात्रवृत्तिका लागि सिफारिस गरिनेछ ।

सिफारिस भएका विद्यार्थीहरूले सम्बन्धित विद्यालयमा कुनै पनि शुल्क तिर्न नपर्ने व्यवस्था रहेको छ ।

गत वर्ष १४ हजारभन्दा बढी विद्यार्थी सहभागी भएको परीक्षाबाट १० हजार ८६७ जना उत्तीर्ण भएका थिए भने करिब ४५ सय विद्यार्थीले छात्रवृत्ति प्राप्त गरेका थिए ।

यो कार्यक्रम काठमाडौँ महानगरका तात्कालीन प्रमुख बालेन्द्र शाहको कार्यकालमा सुरु गरिएको छात्रवृत्ति व्यवस्थापन प्रणालीका रूपमा विस्तार हुँदै आएको महानगरले जनाएको छ ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.