बुधबार, असार ३१,२०८३ 03:08:10
Bizshala
  • बुधबार, असार ३१,२०८३ 03:08:10
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

काठमाडौँमा निःशुल्क क्यान्सर परीक्षणः ९० महिलामा एचपीभी संक्रमण, दुई जनामा स्तन क्यान्सर पुष्टि

Laxmi Sunrise Bank Limited
काठमाडौँमा निःशुल्क क्यान्सर परीक्षणः ९० महिलामा एचपीभी संक्रमण, दुई जनामा स्तन क्यान्सर पुष्टि

 

काठमाण्डौ ।  काठमाडौँ महानगरपालिकाले सञ्चालन गरेको निःशुल्क स्तन तथा पाठेघरको मुखको क्यान्सर परीक्षणका क्रममा ९० महिलामा ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) डीएनए पोजिटिभ देखिएको छ।

महानगरपालिकाले वीर अस्पतालसँगको सहकार्यमा २०८२ चैत १६ गतेदेखि २०८३ वैशाख २१ गतेसम्म परीक्षण अभियान सञ्चालन गरेको थियो। अभियानअन्तर्गत २ हजार ७७९ महिलाको पाठेघरको मुखको क्यान्सरसम्बन्धी एचपीभी परीक्षण गरिएको हो।

परीक्षणमा १२ महिलामा एचपीभी–१६, १३ जनामा एचपीभी–१८ तथा ६५ जनामा यी दुईबाहेक अन्य प्रकारका एचपीभी संक्रमण भेटिएको कार्यक्रमकी फोकल पर्सन चन्द्रा भट्टले जानकारी दिइन्।

एचपीभी डीएनए पोजिटिभ देखिनु आफैँमा क्यान्सर भएको पुष्टि भने होइन। तर, भाइरसको संक्रमण लामो समयसम्म शरीरमा रहिरहे पाठेघरको मुखको क्यान्सर हुने जोखिम बढ्न सक्छ। यसअघि नेपालमा मुख्यतः एचपीभी–१६ र १८ को परीक्षण हुने गरेकोमा यसपटक अन्य जोखिमयुक्त प्रकारको पनि परीक्षण गरिएको महानगरले जनाएको छ।

New Office
CG Motors
Garima Development Bank

नाम दर्ता गराएका पाँच सयभन्दा बढी महिला अस्पताल पुगेनन्

३५ दिनसम्म सञ्चालन भएको अभियानमा ३ हजार ४९४ महिलाले स्वास्थ्य प्रवर्धन केन्द्रबाट रिफरल स्लिप लिएका थिए। तर, परीक्षणका लागि २ हजार ९७५ जना मात्र अस्पताल पुगेका थिए।

अस्पताल पुगेकामध्ये २ हजार ७७९ जनाको एचपीभी र २ हजार ९६१ जनाको स्तन क्यान्सर परीक्षण गरिएको थियो। थप परीक्षण आवश्यक देखिएका ४११ जनाको मेमोग्राम तथा ४९४ जनाको स्तनको अल्ट्रासाउन्ड गरिएको थियो।

चार महिलाको स्तनको बायोप्सी गर्नुपर्ने देखिएकामा एक जना सम्पर्कमा नआएको महानगरले जनाएको छ। परीक्षण गराएका दुई जनामा स्तन क्यान्सर पुष्टि भएको र उनीहरू अहिले उपचाररत रहेको भट्टले बताइन्। अर्की एक महिलाको स्तनमा मासुको डल्लो पलाएको भेटिएको थियो।

११ जनामा पाठेघरको मुखमा क्यान्सरपूर्वको अवस्था

परीक्षणका क्रममा ११ महिलामा सर्भाइकल इन्ट्राएपिथेलियल नियोप्लासिया अर्थात् पाठेघरको मुखको क्यान्सर हुनुअघिको असामान्य अवस्था भेटिएको छ।

तीमध्ये चार जनामा उच्च तहको र सात जनामा न्यून तहको समस्या देखिएको छ। दुई महिलाको पाठेघरको मुखमा पलाएको मासु शल्यक्रियामार्फत हटाइएको छ।

आङ खस्ने समस्या, पाठेघर तथा प्रजनन अङ्गमा संक्रमण देखिएका महिलालाई पनि आवश्यक उपचार तथा परामर्श प्रदान गरिएको महानगरले जनाएको छ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

वडा नम्बर २२ मा सबैभन्दा धेरै संक्रमण

वडागत रूपमा वडा नम्बर २२ मा सबैभन्दा धेरै ११ महिलाको एचपीभी रिपोर्ट पोजिटिभ आएको छ। वडा नम्बर १६ मा नौ जना र वडा नम्बर ७ मा छ जनामा संक्रमण देखिएको छ।

वडा नम्बर २, १२, १७, १८, २० र २१ बाट परीक्षणमा सहभागी महिलामध्ये कसैको पनि रिपोर्ट पोजिटिभ नदेखिएको महानगरको विवरणमा उल्लेख छ।

नियमित परीक्षण गर्न चिकित्सकको सुझाव

चिकित्सकका अनुसार एचपीभी संक्रमण पाँचदेखि १० वर्षसम्म रहिरहे पाठेघरको मुखको क्यान्सर हुने जोखिम बढ्न सक्छ। त्यसैले ३० देखि ६० वर्ष उमेर समूहका महिलालाई प्रत्येक पाँच वर्षमा कम्तीमा एकपटक एचपीभी परीक्षण गराउन सुझाव दिइएको छ।

प्रतिरक्षा प्रणाली कमजोर भएका, धूमपान गर्ने, बारम्बार गर्भवती भएका वा यसअघि कहिल्यै परीक्षण नगराएका महिलामा यसको जोखिम तुलनात्मक रूपमा बढी हुन सक्छ।

स्तन वा काखीमुनि नदुख्ने कडा गाँठो देखिनु, स्तनको आकार अचानक परिवर्तन हुनु, छाला खस्रो वा रातो हुनु, निप्पल भित्र धसिनु तथा असामान्य तरल पदार्थ निस्कनु स्तन क्यान्सरका सम्भावित लक्षण हुन्। यस्ता लक्षण देखिए समयमै स्वास्थ्य संस्थामा परीक्षण गराउन चिकित्सकहरूले आग्रह गरेका छन्।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.