मंगलवार, मंसिर १,२०८३ 02:55:24
  • मंगलवार, मंसिर १,२०८३ 02:55:25
Global IME Bank Limited

७ वर्षमा सिटिजन्स म्युचुअल फण्ड–२ को औसत वार्षिक प्रतिफल १०.४०%, इकाइधनीलाई रकम फिर्ता सुरु

Bizshala
७ वर्षमा सिटिजन्स म्युचुअल फण्ड–२ को औसत वार्षिक प्रतिफल १०.४०%, इकाइधनीलाई रकम फिर्ता सुरु
New Office

काठमाण्डौ । सिटिजन्स क्यापिटल लिमिटेडद्वारा व्यवस्थापित सिटिजन्स म्युचुअल फण्ड–२ ले सात वर्षको लगानी अवधि पूरा गरेको छ। योजनाले सञ्चालन अवधिभर इकाइधनीलाई औसत वार्षिक १०.४० प्रतिशत नगद लाभांश वितरण गरेको जनाएको छ।

सिटिजन्स बैंक इन्टरनेसनल कोष प्रवर्द्धक तथा सिटिजन्स क्यापिटल योजना व्यवस्थापक रहेको ५६ करोड रुपैयाँ आकारको बन्दमुखी सामूहिक लगानी कोष योजना सिटिजन्स म्युचुअल फण्ड–२ ले निर्धारित सात वर्षे अवधि पूरा गरी खारेजी प्रक्रिया सम्पन्न गरेको हो।

२०७६ असार २२ गतेदेखि सञ्चालनमा आएको यो योजना २०८३ असार २१ गते परिपक्व भएको थियो। योजना खारेजी प्रक्रिया पूरा भएसँगै इकाइधनीलाई फिर्ता गर्नुपर्ने रकम भुक्तानी गर्ने कार्यसमेत सुरु भएको क्यापिटलले जनाएको छ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

नेपाली सेयर बजारमा पटक–पटक देखिएको उतारचढाव, सेयर मूल्यमा आएको गिरावट र चुनौतीपूर्ण लगानी वातावरणका बाबजुद योजनाले नियमित नगद लाभांश वितरण गर्न सफल भएको कम्पनीको भनाइ छ।

यसअघि परिपक्व भएको सिटिजन्स म्युचुअल फण्ड–१ मार्फत समेत इकाइधनीलाई औसत वार्षिक १२ प्रतिशत प्रतिफल प्रदान गरिएको क्यापिटलले जनाएको छ।

Garima Development Bank
Bizshala
IME remit

अब सिटिजन्स सुपर ५० ल्याउँदै

यसैबीच सिटिजन्स क्यापिटलले नयाँ बन्दमुखी सामूहिक लगानी कोष योजना ‘सिटिजन्स सुपर ५०’ सञ्चालनमा ल्याउने भएको छ।

नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त यो योजनाको इकाइ निष्कासन मंसिर २ गतेदेखि सुरु हुने तय गरिएको छ।

१० वर्षे अवधिको यो योजनाको प्रारम्भिक आकार १ अर्ब रुपैयाँ रहेको छ। माग र आवेदनको अवस्थाअनुसार कोषको आकार अधिकतम १ अर्ब २५ करोड रुपैयाँसम्म पुर्‍याउन सकिने व्यवस्था छ।

योजनामा सर्वसाधारण तथा संस्थागत लगानीकर्ताले आवेदन दिन सक्नेछन्।

सिटिजन्स क्यापिटलले आफ्नो सामूहिक लगानी कोष व्यवस्थापन क्षमता र सेवाको गुणस्तरका लागि इक्रा नेपालबाट ‘एएमसी क्वालिटी ३ प्लस’ रेटिङ प्राप्त गरेको छ।

क्यापिटलले हाल सिटिजन्स सुपर ३० म्युचुअल फण्ड, सिटिजन्स सदाबहार योजना र सिटिजन्स सन्तुलित योजनालगायतका विभिन्न सामूहिक लगानी कोष व्यवस्थापन गर्दै आएको छ।

कम्पनीले विगतका योजनाबाट प्राप्त अनुभवलाई उपयोग गर्दै नयाँ योजनामार्फत दीर्घकालीन लगानीको अवसर विस्तार गर्ने लक्ष्य लिएको जनाएको छ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.