मंगलवार, मंसिर १,२०८३ 02:18:24
  • मंगलवार, मंसिर १,२०८३ 02:18:24
Global IME Bank Limited

रेमिट्यान्स कम्पनीमध्ये सर्वाधिक कर तिर्ने आइएमई सम्मानित, अध्यक्ष ढकाललाई अर्थमन्त्री वाग्लेले दिए सम्मान

Bizshala
रेमिट्यान्स कम्पनीमध्ये सर्वाधिक कर तिर्ने आइएमई सम्मानित, अध्यक्ष ढकाललाई अर्थमन्त्री वाग्लेले दिए सम्मान
New Office

काठमाण्डौ । रेमिटेन्स तथा मनी ट्रान्सफर कारोबार गर्ने कम्पनीहरूमध्ये सबैभन्दा बढी कर तिर्ने कम्पनीका रूपमा आइएमई लिमिटेड सम्मानित भएको छ।

राष्ट्रिय कर दिवस २०८३ को अवसरमा मंगलबार काठमाण्डौमा आयोजित विशेष समारोहमा अर्थमन्त्री स्वर्णिम वाग्लेले आइएमई लिमिटेडका अध्यक्ष हेमराज ढकाललाई उक्त सम्मान प्रदान गरेका हुन्।

सम्मान ग्रहण गर्दै अध्यक्ष ढकालले उल्लेख्य कर दाखिला गरेर मुलुकको आर्थिक विकासमा योगदान दिन पाउनु कम्पनीका लागि गौरवको विषय भएको बताए।

उनले रेमिटेन्स सेवालाई थप सरल, सहज र सुरक्षित बनाउँदै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा आइएमईको ब्रान्ड पहिचानलाई अझ उचाइमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरे।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

हाल विभिन्न देशमा सयभन्दा बढी व्यावसायिक साझेदार नेटवर्कमार्फत सेवा प्रवाह गरिरहेको आइएमईले आगामी दिनमा प्रविधिमैत्री रेमिटेन्स सेवालाई थप प्रभावकारी बनाउने योजना अघि सारेको छ।

अध्यक्ष ढकालले रेमिटेन्स कारोबारमा मात्रै सीमित नरही आइएमईले विकास गरेको उद्यमशीलताको इकोसिस्टमलाई समेत थप मजबुत बनाउँदै लैजाने बताए।

उनका अनुसार उन्नत प्रविधि, गुणस्तरीय सेवा तथा व्यावसायिक गतिशीलतालाई प्राथमिकतामा राखेर कम्पनीले आफ्नो सेवा र व्यवसायलाई थप विस्तार गर्नेछ।

Garima Development Bank
Bizshala
IME remit

सन् २००१ मा स्थापना भएको आइएमईले नेपालमा वैदेशिक रोजगारीबाट भित्रिने विप्रेषणलाई औपचारिक बैंकिङ तथा वित्तीय प्रणालीमा ल्याउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ।

रेमिटेन्स कारोबारलाई संस्थागत र व्यवस्थित बनाउन पुर्‍याएको योगदानका कारण कम्पनीले यसअघि पनि विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरिसकेको छ।

आइएमई यसअघि पनि पटक–पटक सर्वाधिक कर तिर्ने रेमिटेन्स कम्पनीका रूपमा सम्मानित भइसकेको छ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.