काठमाण्डौ । ओम मेगाश्री फार्मास्युटिकल्स लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा आफ्नो खुद घाटा उल्लेख्य रूपमा घटाएको छ। कम्पनीको घाटा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ६६.९१ प्रतिशतले घटेको हो।
कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार चालु आर्थिक वर्षको असोज मसान्तसम्म १ करोड २३ लाख ३१ हजार १७४ रुपैयाँ खुद घाटा व्यहोरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीको खुद घाटा ३ करोड ७५ लाख ७५ हजार ७१७ रुपैयाँ थियो।
घाटा घटे पनि कम्पनीको सञ्चालन आम्दानीमा भने भारी गिरावट आएको छ। समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी २१ करोड १ लाख १४ हजार २३५ रुपैयाँबाट घटेर ४ करोड ८३ लाख ७० हजार ६६४ रुपैयाँमा सीमित भएको छ। यो करिब ७६.९८ प्रतिशतको गिरावट हो।
यद्यपि, आम्दानी घटेसँगै कम्पनीले खर्चमा समेत उल्लेख्य कटौती गरेको छ। कम्पनीको कुल खर्च २४ करोड ९३ लाख ५८ हजार २३५ रुपैयाँबाट घटेर ६ करोड १५ लाख ९१ हजार ६२७ रुपैयाँमा झरेको छ।
कम्पनीको वित्तीय खर्च पनि ५ करोड २६ लाख ८० हजार ६७० रुपैयाँबाट घटेर १ करोड ४० लाख ५८ हजार ९८७ रुपैयाँमा सीमित भएको छ।
कम्पनीको चुक्तापूँजी ६० करोड रुपैयाँ रहेको छ भने सञ्चित घाटा ८ करोड ६४ लाख ९१ हजार ३९२ रुपैयाँ पुगेको छ।
यस अवधिमा कम्पनीको वार्षिकीकरण गरिएको प्रतिसेयर आम्दानी (ईपीएस) ऋणात्मक ८.२२ रुपैयाँ रहेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो आम्दानी ऋणात्मक १५.३८ रुपैयाँ थियो।
कम्पनीको प्रतिसेयर नेटवर्थ ९५.६८ रुपैयाँ र दोस्रो बजारमा प्रतिसेयर मूल्य २६८.५० रुपैयाँ रहेको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।