काठमाण्डौ । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट सेयरधनीलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको छ। कम्पनीले यस वर्ष बोनस सेयर तथा नगद लाभांश दुवै वितरण नगर्ने भएको हो।
कम्पनीको कात्तिक ३० गते बसेको सञ्चालक समितिको १२४औँ बैठकले गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृत गर्दै सेयरधनीलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो।
सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८२/८३ को वित्तीय विवरण स्वीकृत गरी उक्त विवरण प्रकाशनार्थ नेपाल राष्ट्र बैंकमा पठाउने निर्णयसमेत गरेको छ।
यससँगै कम्पनीका सेयरधनीले गत आर्थिक वर्षको मुनाफाबाट कुनै पनि प्रतिफल नपाउने भएका छन्।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।