युनिक नेपाल लघुवित्तको नाफामा ५४ प्रतिशतको पहिरो, खराब कर्जा झण्डै २० प्रतिशत
काठमाण्डौ । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा खुद नाफा भारी मात्रामा घटेको छ।कम्पनीले सार्वजनिक गरेको असोज मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार संस्थाले ८४ लाख ६९ हजार रुपैयाँ खुद नाफा कमाएको छ। गत आर्थिक वर्षको सोही अवधिमा संस्थाले १ करोड ८५ लाख ९८ हजार रुपैयाँ नाफा कमाएको थियो। यस आधारमा खुद नाफा करिब ५४.४६...

