काठमाण्डौ । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा खुद नाफा भारी मात्रामा घटेको छ।
कम्पनीले सार्वजनिक गरेको असोज मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार संस्थाले ८४ लाख ६९ हजार रुपैयाँ खुद नाफा कमाएको छ। गत आर्थिक वर्षको सोही अवधिमा संस्थाले १ करोड ८५ लाख ९८ हजार रुपैयाँ नाफा कमाएको थियो। यस आधारमा खुद नाफा करिब ५४.४६ प्रतिशतले घटेको छ।
समीक्षा अवधिमा संस्थाको खुद ब्याज आम्दानी पनि घटेर ७ करोड १ लाख ५३ हजार रुपैयाँमा सीमित भएको छ। गत वर्षको यही अवधिमा खुद ब्याज आम्दानी ७ करोड २८ लाख ८३ हजार रुपैयाँ थियो।
संस्थाको सञ्चालन नाफामा समेत ठूलो गिरावट आएको छ। गत वर्षको पहिलो त्रैमासमा २ करोड ५२ लाख २२ हजार रुपैयाँ रहेको सञ्चालन नाफा यसपटक घटेर १ करोड ५० हजार रुपैयाँ हाराहारीमा सीमित भएको छ।
युनिक नेपालको खराब कर्जा अनुपात (एनपीएल) भने उल्लेख्य रूपमा बढेको छ। गत वर्षको सोही अवधिमा १२.६७ प्रतिशत रहेको एनपीएल चालु आवको पहिलो त्रैमासमा बढेर १९.८३ प्रतिशत पुगेको छ।
असोज मसान्तसम्म संस्थाले २ अर्ब ९३ करोड ७४ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ भने ग्राहकमा ३ अर्ब २१ करोड २९ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ।
संस्थाको चुक्तापुँजी १४ करोड ८५ लाख ७५ हजार रुपैयाँ रहेको छ। रिजर्भमा १७ करोड ९८ लाख रुपैयाँभन्दा बढी सञ्चित छ भने कुल इक्विटी ३७ करोड ६४ लाख रुपैयाँ पुगेको छ।
यस अवधिमा संस्थाको वार्षिकीकरण गरिएको प्रतिसेयर आम्दानी (ईपीएस) २२.८० रुपैयाँ रहेको छ। गत वर्षको सोही अवधिमा ईपीएस ५०.०७ रुपैयाँ थियो।
प्रतिसेयर नेटवर्थ १२५.३६ रुपैयाँ रहेको संस्थाको वितरणयोग्य नाफा ४७ लाख ४७ हजार रुपैयाँ रहेको छ। वार्षिकीकरण गरिएको वितरणयोग्य प्रतिसेयर नाफा ३२.५७ रुपैयाँ रहेको वित्तीय विवरणमा उल्लेख छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।