काठमाण्डौ । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट आफ्ना सेयरधनीलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको छ।
लघुवित्तको कात्तिक ३० गते बसेको सञ्चालक समितिको १२४औँ बैठकले गत आर्थिक वर्षका लागि बोनस सेयर तथा नगद लाभांश दुवै वितरण नगर्ने निर्णय गरेको हो।
कम्पनीले नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई पठाएको पत्रमा आर्थिक वर्ष २०८२/८३ को वित्तीय विवरण स्वीकृत गरी प्रकाशनार्थ नेपाल राष्ट्र बैंकमा पठाउने निर्णयसमेत भएको उल्लेख छ।
यससँगै युनिक नेपाल लघुवित्तका सेयरधनीले गत आर्थिक वर्षको मुनाफाबाट कुनै पनि प्रतिफल नपाउने भएका छन्।
कम्पनीले लाभांश वितरण नगर्ने निर्णय गरे पनि त्यसको कारण भने नेप्सेमा पठाएको पत्रमा खुलाएको छैन।
बाँकेको कोहलपुरमा केन्द्रीय कार्यालय रहेको युनिक नेपाल लघुवित्त नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजतपत्र प्राप्त वित्तीय संस्था हो। संस्थाले १० जिल्लामा कार्यक्षेत्र विस्तार गर्ने अनुमति पाएको छ।
कम्पनीले आफ्नो निर्णयबारे नेपाल स्टक एक्सचेन्जसँगै कम्पनी रजिस्ट्रारको कार्यालय, नेपाल धितोपत्र बोर्ड, सीडीएस एन्ड क्लियरिङ लिमिटेड तथा नेपाल राष्ट्र बैंकका सम्बन्धित विभागहरूलाई समेत जानकारी गराएको छ।
लघुवित्तले लाभांश वितरण नगर्ने निर्णय गरेसँगै अब लगानीकर्ताको ध्यान कम्पनीको वित्तीय अवस्था, नाफाको स्थिति तथा आगामी आर्थिक वर्षको व्यावसायिक प्रदर्शनतर्फ केन्द्रित हुने देखिएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।