काठमाण्डौ । सिटी होटल लिमिटेडका संस्थापक सेयरधनी कुमुद गौल्याणले आफ्नो स्वामित्वमा रहेको साढे ६ लाख कित्ता संस्थापक सेयर बिक्री गर्ने भएका छन्।
कम्पनीका अनुसार संस्थापक सेयरधनी गौल्याणले आफ्नो स्वामित्वमा रहेको ६ लाख ५० हजार कित्ता सेयर बिक्री गर्न निवेदन दिएका छन्।
नेपाल धितोपत्र बोर्डको धितोपत्र दर्ता तथा निष्कासन नियमावली २०७३ को नियम ३८ मा भएको व्यवस्थाबमोजिम लकइन अवधि समाप्त भएपछि संस्थापक सेयर बिक्री प्रक्रिया अघि बढाइएको कम्पनीले जनाएको छ।
उक्त व्यवस्थाअनुसार संस्थापक सेयरधनीले आफ्नो स्वामित्वमा रहेको सेयर बिक्री गर्नुअघि कम्पनीमा निवेदन दिनुपर्ने व्यवस्था छ। सोहीअनुसार गौल्याणले सेयर बिक्रीका लागि निवेदन दिएको र कम्पनीले यससम्बन्धी जानकारी नेप्सेलाई गराएको हो।
संस्थापक सेयरको बिक्री प्रक्रिया अघि बढेसँगै सिटी होटलको सेयर स्वामित्व संरचनामा परिवर्तन आउन सक्ने देखिएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।