काठमाण्डौ । सयपत्री हाइड्रोपावर लिमिटेडको चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा खुद नाफा ४५.११ प्रतिशतले घटेको छ। कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार असोज मसान्तसम्म ८५ लाख ९ हजार ९६३ रुपैयाँ खुद नाफा आर्जन गरेको छ।
अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १ करोड ५५ लाख ४ हजार ३६ रुपैयाँ खुद नाफा कमाएको थियो।
समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानीमा समेत गिरावट आएको छ। अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासमा २ करोड ७४ लाख ३९ हजार ८७३ रुपैयाँ रहेको प्रत्यक्ष आम्दानी घटेर चालु वर्षको सोही अवधिमा १ करोड ९५ लाख ७८ हजार २९१ रुपैयाँमा सीमित भएको छ। यो करिब २८.६५ प्रतिशतको गिरावट हो।
कम्पनीको सञ्चालन मुनाफा पनि २ करोड ४० लाख १३ हजार ९६३ रुपैयाँबाट घटेर १ करोड ६३ लाख ७४ हजार २९९ रुपैयाँमा झरेको छ।
कम्पनीको वित्तीय खर्च ४० लाख ५२ हजार ४९४ रुपैयाँबाट घटेर ३० लाख ३ हजार ५१८ रुपैयाँमा सीमित भएको छ। तर आम्दानीमा आएको गिरावटका कारण कम्पनीको समग्र नाफा प्रभावित भएको देखिन्छ।
कम्पनीको चुक्तापूँजी ३० करोड रुपैयाँ रहेको छ भने सञ्चित घाटा ४ करोड २५ लाख २९ हजार २९० रुपैयाँ रहेको छ।
यस अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) ५.१७ रुपैयाँबाट घटेर २.८४ रुपैयाँमा सीमित भएको छ। कम्पनीको प्रतिसेयर नेटवर्थ ९४.६८ रुपैयाँ र मूल्य आम्दानी अनुपात (पीई रेसियो) ३५ गुणा रहेको छ।
कम्पनीको कुल सम्पत्ति ५४ करोड १७ लाख ६१ हजार रुपैयाँबाट घटेर ५१ करोड १२ लाख ४५ हजार रुपैयाँमा सीमित भएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।