बुधबार, असार १०,२०८३ 07:37:15
Bizshala
  • बुधबार, असार १०,२०८३ 07:37:15
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

काठमाडौँ महानगरपालिकाले खुलायो निजी विद्यालयमा छात्रवृत्तिका लागि कक्षा ११–१२ को आवेदन

Laxmi Sunrise Bank Limited
काठमाडौँ महानगरपालिकाले खुलायो निजी विद्यालयमा छात्रवृत्तिका लागि कक्षा ११–१२ को आवेदन

काठमाण्डौं । काठमाडौँ महानगरपालिका ले संस्थागत (निजी) विद्यालयहरूमा कक्षा ११ र १२ अध्ययन गर्न इच्छुक विद्यार्थीहरूका लागि छात्रवृत्ति आवेदन प्रक्रिया औपचारिक रूपमा शुरु गरेको छ।  

महानगरपालिकाको शिक्षा विभागले बुधबार सूचना जारी गर्दै योग्य विद्यार्थी छनोटका लागि यसपटक पनि प्रतिस्पर्धात्मक परीक्षा प्रणाली अपनाइने स्पष्ट गरेको हो।

New Office
CG Motors
Garima Development Bank

विभागका अनुसार छात्रवृत्तिका लागि अनलाइन आवेदन प्रक्रिया जेठ १ गते बिहान १० बजेदेखि प्रारम्भ भई जेठ १० गते राति ११स्५९ बजेसम्म खुला रहनेछ।  

तोकिएको समयसीमाभित्र इच्छुक विद्यार्थीहरूले महानगरपालिकाको आधिकारिक वेबसाइटमार्फत आवेदन फाराम अनिवार्य रूपमा भर्नुपर्ने व्यवस्था गरिएको छ।

महानगरले छात्रवृत्ति वितरणलाई अझ व्यवस्थित, पारदर्शी र निष्पक्ष बनाउन प्रवेश परीक्षा प्रणालीलाई निरन्तरता दिएको जनाएको छ।  

आवेदन स्वीकृत भएपछि विद्यार्थीहरूलाई तोकिएका मापदण्डका आधारमा छनोट प्रक्रियामा समावेश गरिनेछ। परीक्षा केन्द्र, विद्यालयगत कोटा वितरण, विषयगत अंकभार तथा अन्य प्राविधिक विवरण महानगरपालिकाको वेबसाइटमा सार्वजनिक गरिएको छ।

छात्रवृत्ति छनोटका लागि जेठ १७ गते बिहान ८ बजेदेखि १० बजेसम्म प्रवेश परीक्षा सञ्चालन हुनेछ। 

उक्त परीक्षामा माध्यमिक तह (कक्षा १०) को पाठ्यक्रममा आधारित १०० वटा बहुवैकल्पिक(MCQ) प्रश्नहरू रहनेछन्।  

महानगरका अनुसार यस परीक्षा मार्फत विद्यार्थीहरूको शैक्षिक आधारभूत ज्ञान तथा योग्यता मूल्यांकन गरी छात्रवृत्ति वितरण गरिनेछ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

महानगरपालिकाले शिक्षा ऐन तथा सम्बन्धित कानूनी व्यवस्था कडाइका साथ लागू गर्दै आएको उल्लेख गर्दै छात्रवृत्ति कार्यक्रमले वर्षेनि लाभान्वित विद्यार्थीको संख्या बढ्दै गएको जनाएको छ।  

निजी विद्यालयहरूमा छात्रवृत्ति प्रणालीलाई संस्थागत गर्दै महानगरले शैक्षिक अवसरमा समानता र पहुँच विस्तारमा महत्वपूर्ण प्रगति भएको दाबी गरेको छ।

पछिल्ला वर्षहरूमा छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीको संख्या उल्लेख्य रूपमा वृद्धि भएको महानगरको तथ्यांकमा देखिन्छ।  

गत शैक्षिक सत्रमा मात्रै संस्थागत विद्यालयहरूमा २० हजारभन्दा बढी विद्यार्थीले छात्रवृत्ति पाएका थिए।  

कानून कार्यान्वयनको पहिलो वर्ष करिब १३ हजार र दोस्रो वर्ष करिब १९ हजार विद्यार्थीले यो सुविधा प्राप्त गरेका थिए।  

पछिल्लो विवरणअनुसार गत वर्ष कक्षा १ देखि १० सम्मका १६ हजार ९८० विद्यार्थी र कक्षा ११ का ३ हजार ३०२ विद्यार्थी गरी कुल २० हजार २८२ जनाले छात्रवृत्ति पाएको महानगरले सार्वजनिक गरेको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.