शुक्रबार, आश्विन ९,२०८३ 05:55:19
Bizshala
  • शुक्रबार, आश्विन ९,२०८३ 05:55:19
Bizshala
Global IME Bank Limited

स्याक्म्यानका X5000E विद्युतीय ट्र्याक्टर र डम्प ट्रक नेपाल आउँदै

Bizshala
स्याक्म्यानका X5000E विद्युतीय ट्र्याक्टर र डम्प ट्रक नेपाल आउँदै
New Office

काठमाण्डौ । शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्सले चीनको व्यावसायिक सवारीसाधन निर्माता स्याक्म्यानका X5000E 6×4 विद्युतीय ट्र्याक्टर र X5000E 6×4 विद्युतीय डम्प ट्रक नेपाली बजारमा भित्र्याउने भएको छ।

कम्पनीले यी दुई मोडलमार्फत नेपालको भारी तथा व्यावसायिक सवारीसाधन क्षेत्रमा विद्युतीय प्रविधिको प्रयोग विस्तार गर्ने लक्ष्य राखेको जनाएको छ।

नेपालमा विद्युतीय सवारीसाधनको प्रयोग यात्रुवाहक तथा हलुका व्यावसायिक सवारीबाट विस्तार हुँदै भारी सवारीसाधनतर्फ जान थालेको अवस्थामा जगदम्बा मोटर्सले ढुवानी, निर्माण, खानी तथा भारी सामान ओसारपसारका लागि विद्युतीय विकल्प ल्याउन लागेको हो।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

X5000E विद्युतीय ट्र्याक्टर भारी सामान ढुवानी तथा व्यावसायिक यातायातका लागि तयार गरिएको छ भने X5000E विद्युतीय डम्प ट्रक निर्माण, खानी तथा कठिन भौगोलिक क्षेत्रमा प्रयोग गर्न डिजाइन गरिएको कम्पनीले जनाएको छ।

दुवै मोडलमा छिटो चार्जिङ सुविधा, स्मार्ट कन्ट्रोल तथा ब्याट्री व्यवस्थापन प्रणाली उपलब्ध रहनेछ। यसले व्यावसायिक प्रयोगकर्तालाई सञ्चालन समय व्यवस्थापन तथा विभिन्न कार्य वातावरणमा सवारीको प्रभावकारी प्रयोग गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

यी मोडलको आगमनसँगै जगदम्बा मोटर्स भारी विद्युतीय व्यावसायिक सवारीसाधनको नेपाली बजारमा प्रवेश गर्नेछ। कम्पनीले सवारीको औपचारिक सार्वजनिक, उपलब्धता तथा मूल्यसम्बन्धी विस्तृत जानकारी आगामी दिनमा सार्वजनिक गर्ने जनाएको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.